काभ्रे – साहित्यकार सूर्यप्रसाद लाकोजूको कृति मकरको कथा र स्टोरी अफ मकरको दोस्रो संस्करण बजारमा आएको छ । लामो समयदेखि नेपाली भाषा र साहित्यमा सक्रिय रहँदै आएका लाकोजूले बालबालिकाहरूलाई पुराना आख्यान , संस्कृति आदिको जानकारी दिने हेतुले सो प्रकाशन गरेको पुस्तक नेपाली र अंग्रेजी भाषामा प्रकाशित छन । सो पुस्तक पनौतीमा यो वर्ष लाग्ने १२ वर्षे मकरमेलाको सन्दर्भ मिलाएर प्रकाशन भएको छ ।
पुस्तकमा कथाको विषय बस्तु अनुसारको चित्र राखिएका छन । प्रकाश रंजितको चित्र रहेको उत्त पुस्तक आकर्षक देखिन्छ । दुई दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद कथा जस्ता विधामा कलम चलाउँदै आएका छन् । लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत कृयाशिल रहँदै आएका छन ।
