IMG-LOGO

पतंजली योग समितिकोे तेस्रो वार्षिक साधारण सभा 

 मंगल, पौष २७, २०७८  ---

     पतंजली योग समिति बाग्मती प्रदेशको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन मकवानपूर हेटौडामा बाग्मती प्रदेशका पूर्व मूख्य मन्त्री डोरमणी पौडेलले गर्नुभयो । उक्त अवसरमा पूर्व मूख्य मन्त्री पौडेलले पतंजली योग समितिको सकृयताले कोभिड जस्तो बिसम परिस्थितिमा पनि विभिन्न योग जागरण कार्यक्रम र अन्य सामाजिक कृयाकलापलाई निरन्तरता दिई मावन स्वास्थ्य प्रति पु¥याएको योगदान प्रति प्रशंसा गर्नुभयो । सो कार्यक्रममा बाग्मती प्रदेश भरी मध्ये काभ्रे जिल्लालाई उत्कृष्ट योग जिल्लाको रुपमा सम्मान र पुरस्कृत गरिएको थियो । त्यस्तै बाग्मती प्रदेशले ५०० भन्दा बढी आयोजना गरिरहेको कार्यक्रमहरु मध्ये पतंजली योग समिति मकवानपूर र सिन्धुली जिल्लालाई अनुशासन विधामा र काठमाडौँ जिल्लालाई उत्कृष्ट सहभागिता जिल्लाको रुपमा पुरस्कृत गरिएको थियो ।

     सो कार्यक्रममा सभापतिको आसनबाट पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले स्वस्थ जीवनको लागि प्रदेशभरी नै योग जागरण अभियान चलाएको र योग जागरण दिन– प्रतिदिन रुपमा हजारौँको संख्याले योग अभ्यास गरी स्वास्थ्य लाभ लिईरहेको र आगामी दिनमा पनि झन् सकृय रुपमा यस अभियान प्रति लाग्ने प्रतिवद्धता जनाउनुभयो । उक्त समारोहमा पतंजली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी लवदेव मिश्र, सह केन्द्रिय प्रभारी ललित शंकर योगी, सह केन्द्रीय प्रभारी अर्चना घिमिरेले पुरस्कृत जिल्लाहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । सो समारोहमा पतंजली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी, सह केन्द्रिय प्रभारीहरु, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, विभिन्न प्रदेशका पदाधिकारीहरु, बाग्मती प्रदेशका पदाधिकारीहरुबाट मन्तव्य राखिएको समारोहको उद्घोषण बाग्मती प्रदेशका महामन्त्री सुधा कलौनीले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्