IMG-LOGO

नवनिर्वाचित पदाधिकारीलाई संयुक्त सम्मान

 मंगल, पौष २७, २०७८  ---

     बनेपा । काँथुगणेश साकोस, मञ्जुश्री साकोस र न्हुज साकोसको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष जितेन्द्र नकर्मीले प्रतिस्पर्धाको वर्तमान अवस्थामा आफ्ना सदस्यहरुलाई उच्चतम सुविधा प्रदान गर्न सहकारी संस्थाहरु सक्षम हुनुपर्ने अवस्था रहेको बताउँदै सदस्य संस्थाहरुको उन्नतिमा टेवा पु¥याउन संघ सदा तत्पर रहेको धारणा राख्नुभयो । जिल्लाभर सात सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु क्रियाशील रहेकोमा संघमा हालसम्म २५३ वटा संस्था मात्र आवद्ध रहेकोले बाँकी संस्थाहरुलाई संघमा आवद्ध हुन पनि उहाँले आग्रह गर्नुभयो ।

     कार्यक्रमका सभापति न्हुज साकोसका अध्यक्ष रामप्रसाद मानन्धरले बदलिंदो परिस्थितिमा समान उद्देश्य भएका सहकारी संस्थाहरु एकीकरण भई गुणात्मक सेवा प्रदान गर्नुपर्ने अवस्था आएको र सो कार्यका लागि जिल्ला संघले सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । काँथुगणेश साकोसका अध्यक्ष त्रिरत्न राजबाहक, मञ्जुश्री साकोसका अध्यक्ष अशोक श्रेष्ठ, काँथुगणेशका सल्लाहकार महेन्द्र कर्णजीत, न्हुजका सचिव दीपक कर्मी मानन्धर लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्नुहुँदै बचत तथा ऋण सहकारी संस्थाहरुको अभिभावकीय भूमिका संघले खेल्नुपर्ने धारणा राख्नुभयो । नेवारी परम्परा अनुसार सगुन सहितको सम्मान कार्यक्रमको सञ्चालन मञ्जुश्रीका सचिव शरणकुमार मानन्धरले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्