IMG-LOGO

खोज पत्रकारिता तालिम

 मंगल, पौष २७, २०७८  ---

शेयरकाष्ट इनिशियटिभ नेपालको आयोजना तथा धुलिखेल नगरपालिकाको सहकार्यमा दुई दिने खोज पत्रकारिता तालिम सोमबार धुलिखेलमा सम्पन्न भएको छ । स्थानीय तहमा रहेका जन–सवालहरुलाई खोज पत्रकारिता मार्फत कसरी रिपोर्टिङ गर्ने,आन्तरिक सुशासनलाई कसरी प्रवद्र्धन गर्ने, स्थानीय लोकतन्त्र सवल बनाउन खोज पत्रकारीताको महत्व लगायतका विषयमा पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनु भएको थियो ।

     नेपाल पत्रकार महासंघ काभ्रेको संयोजनमा सञ्चालित उक्त तालिममा काभ्रेका पत्रकारहरुको सहभागिता रहेको थियो । आयोजक शेयरकाष्ट इनिशियटिभ नेपालका अध्यक्ष मधु आचार्यले स्थानीय तहमा भइरहेका हरेक क्रियाकलापको रिपोर्टिङमा आफूले सिकेका ज्ञान सिपलाई खोज पत्रकारीता मार्फत उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नु नै वर्तमान कार्य समितिको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्