IMG-LOGO

जनादेशबाट अब फेरी एमाले कै नेतृत्वमा सरकार –पूर्व प्रम ओली

 मंगल, पौष २७, २०७८  ---

     नेकपा एमाले काभ्रेका १० औँ जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।  जनादेशबाट अब फेरी एमाले कै सरकार बन्ने बताउनुभयो । २०७८ असार २८ गतेको परमादेशबाट बनेको सरकार निकम्बा हुँदै गएको कुरा अर्थतन्त्र टाँट पल्टेको, जनताले आफूले राखेको पैसा झिक्न समेत नपाएकोबाट पुष्टी भएको पार्टी अध्यक्ष ओलीले राख्नुभयो । न्यायपालिकाका न्यायाधिसहरुले इजलास छोडेर सडकमा तमासा रहेको, देशको सभामुख पार्टीको कार्यकर्ता जस्तै गरी पार्टी नै पिच्छे फरक व्यवहार गर्ने गरेकाले मुलुक वर्वादी तर्फ डो¥याउने कार्यले जनताहरु निराश बनाउने कार्य भएको उहाँले उल्लेख गर्नुभयो । भारतीय एसएसपीले तुँइन काटेर आफ्नो देशको नागरिक मार्दा समेत चुइक्क बोल्न नसक्ने मालिकलाई खुसि पार्न लम्पसार पर्ने ५ दलिय गठबन्धनको परामादेशी सरकारले केहि काम नगरेको पार्टी अध्यक्ष ओलीको तर्क थियो ।

     नयाँ जनादेशका साथ जनताहरुको विकास र समृद्धिलाई पुरा गर्न नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको बताउनु भयो । आफ्नो देशको भूभाग लिपुलेक लिपियाधुरा समावेश गरी चुच्चे नक्सा समेत बेवास्ता गरी नेपाली काँग्रेसको महाधिवेशनमा पुरानै नक्सा राखेर तमासा देखाउने पार्टी राष्ट्रवादी हुन नसक्ने पार्टी अध्यक्ष ओलीका तर्क थियो । नेकपा एमालेमा फुटको कुनै असर नरहेको उल्लेख गर्दै देश भरीको जिल्ला अधिवेशनमा पार्टी कार्यकर्ताहरुको जनलहरले ५ दलिय गठवन्धन अतालिएकोले नै हामीसँग एक्लै चुनाव लड्न आँट नगरेको पूर्व प्रम ओलीले उद्घाटन सत्रमा आफ्नो धारणा राख्नुभयो । त्यस्तै गरी नेकपा एमाले पोलिटव्युरो सदस्य एवं एमाले काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटाले जिल्ला अधिवेशनमा भएको उपस्थितिले काभ्रे जिल्ला लाल किल्ला हुने उद्घोष गर्दै काभ्रे जिल्लाका संघीय प्रदेश र स्थानीय पालिका दुबैको चुनावमा एमालेले बहुमत ल्याउने बताउनुभयो ।

     खानेपानी पूर्वाधार विकास, शिक्षा , स्वास्थ्य, सडक निर्माणमा कम्युनिष्ट सरकारको योगदान भएकोले काभ्रेमा अरु कसैले आँट नगरे हुन्छ भन्दै पोलिटव्युरो सदस्य एवं एमाले नेता बाँस्कोटाले भन्नुभयो । केन्द्रीय सदस्य एवं सांसद नविना लामा, रेशम लामा, रुकमणी राना, संविधान सभा सदस्य एवं नेकपा एमाले बागमती प्रदेश उपाध्यक्ष रामहरी सुवेदी, प्रदेश सदस्य भिम न्यौपाने, कुमार खकुरेल, बागमती प्रदेश पूर्व मन्त्री चन्द्र लामा, नेकपा एमाले काभ्रे सचिवालय सदस्य रिता ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । राप्रपा जिल्ला समिति काभ्रेका अध्यक्ष टुल्कु लामा सहितको टोली जिल्ला अधिवेशनमा पूर्व प्रम एवं पार्टी अध्यक्ष ओलीको हातबाट टिका लगाई एमालेमा पार्टी प्रवेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवदी केन्द्र, माओवादी क्रान्तिकारी र राप्रपा पार्टी कार्यकर्ता नेकपा एमाले जिल्ला सचिव नारायण पाण्डेले जानकारी दिनुभयो । एक हजार ४ सय ११ जिल्ला प्रतिनिधि रहको उक्त समारोहमा नेकपा ऐमाले काभ्रेले १० औँ अधिवेशनको उद्घाटन शत्रमा ५० हजार कार्यकर्ता उतार्ने उद्घोष गरेको थियो । कार्यक्रमको सभापतित्व नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्