नेकपा एकाले काभ्रेको १० औँ जिल्ला अधिवेशनले अशोककुमार व्याञ्जुलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । पुष २४ गतेको बन्द सत्रले व्याञ्जुलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नेकपा (माओवादी) केन्द्र र राप्रपाबाट पार्टी प्रवेश गरेकाहरुलाई समेत सर्वसम्मवत गरेको छ । पूर्व नेकपा माओवादी केन्द्रको एकता प्रकृयाबाट एमालेमा आउनु भएकी रिता गौतम ढकाललाई सहसचिव पदमा बन्द शत्रको हलले सर्वसम्मत गरेको छ । नेकपा एमालेका पोलीटव्युरो सदस्य एवं काभ्रेका इन्चार्ज गोकुल बासकोटाले प्रस्ताव गरेका नाममा बन्द्र शत्रको हलले तालि बजाएर पास गरेको थियो । महिला दलित तर्फ सम्झना परियार, दलित खुल्ला तर्फ रमेश नेपाली, सदस्य खुल्ला तर्फ नारायण प्रसाद गौतम, भैरव केसी, राजेन्द्र केसी, सुदर्सन थापा, सुन्दर खड्का र हरी खतिवडा निर्वाचित हुनु भएको छ । मजदुर तर्फ विदुर खत्री, मोहनबहादुर गजुरेल र शान्ती कार्की निर्विरोध निर्वाचित हुनु भएको छ । भुगोल १ खुल्ला तर्फ कुणराज चौलागाइ, नेत्र प्रसाद गौतम, भुगोल २ खुल्ला तर्फ नहकुल प्रसाद पराजुली निर्विरोध हुनुभएको छ । सदस्य जनजाती खुल्ला तर्फ कुलदेवी अस्थानी, नरध्वज तामाङ, रामकुमार तामाङ निर्विरोध हुनु भएको छ । त्यस्तै गरी सदस्य जनजाती महिला तर्फ चन्द्रमाया तामाङ, रुकमीणी गुरुङ निर्विरोध हुनु भएको छ ।
उपाध्यक्ष, सचिव, सहसचिव, खुल्ला २६ पदमा निर्वाचन
एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन पुष २३ बाट ४ दिन सम्म चलेको छ । उच्च प्रविधिको भोटीङ मेशिनबाट निर्वाचन प्रक्रिया सञ्चालन गरेकाले सबै प्रतिनिधिहरुको कम्प्युटरमा इन्ट्री गर्नु पर्ने र उम्मेदवार धेरै हुँदा सिस्टोमेििटक ढंगबाट कार्य गर्नुपर्दा केही समय लागेको निर्वाचन उपसमितिका इश्वर शर्मा बञ्जाराले बताउनुभयो । सहमती प्रक्रिय थालिए पनि सहमती हुन नसक्दा चुनावमा जानु परेको अर्का निर्वाचन अधिकारी मधुसुधन वाग्लेले बताउनुभयो । उापाध्यक्ष पदमा कन्चन अधिकारी, चन्द्र लामा र हरिशरण दाहाल बीच प्रतिस्पर्धामा उत्रीनु भएको छ । सचिव पदमा इन्द्र तामाङ र राजन भूर्तेल चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रनु भएको छ । त्यसैगरी उपसचिव पदमा कुमार तिमल्सिना दिलिप तामाङ महेश्वर जंगम र राजकुमार सापकोट ५ जना प्रतिस्पर्धामा उत्रनु भएको छ । त्यसैगरी सदस्य खुल्ला तर्फ बाँकी रहेको २६ मा ६५ जनाले उम्मेदवारी दिएका थिए । १ सय५ जनाको जिल्ला कमीटी बन्ने छ । विहान ९ बजेबाट भएको मतदानमा बेलुका ८ बजेसम्म प्रतिनिधिले मतदान गरेका थिए । १ हजार ४ सय ११ प्रतिनिधि रहेकोमा मत भने १ हजार ३ सय ६३ मत खसेको थियो । उपाध्यक्ष पदमा चन्द्र लामा र कन्चन अधिकारीको कडा पतिस्पर्धा रहेको छ भने सचिव पदमा राजन भूर्तेल र इन्द्र तामाङबीच कडा प्रतिस्पर्धा भएको छ । त्यस्तै गरी सहसचिव पदमा राजकुमार सापकोटा र कुमार तिमल्सिना बीच कडा प्रतिस्पर्धा भएको छ ।
