कोभिड–१९ तथा ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीकोे गरी २०७८ पौष २७ गते देखि २०७८ माघ १५ गते सम्म विदा दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बताएको छ । विदाको समयमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई तोकिएको दिनमा खोप लगाउने कार्यमा बाल बालिकाहरुलाई पठाई दिनु हुन सबै अभिभावकहरुमा अनुरोध गरेको छ ।
बिदाको अवधिमा विद्यालयको सहजीकरण निर्देशिका २०७७ ले व्यवस्था गरे बमोजिम सिकाई सहजीकरण व्यवस्था मिलाउन र विश्व विद्यालयहरुको पूर्व निर्धारित परीक्षाहरु जन स्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुने गरी सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
