राजधानी काठमाण्डौँबाट ३२ किमी दक्षिण पूर्व पनौतीको पवित्र त्रिवेणी घाटमा १२ वर्षे मकर मेला माघ महिना भरी सञ्चालन हुन्छ । ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वको शहरको रुपमा परिचित पनौती नगरपालिका हो । मकर मेला महत्वपूर्ण महत्श्व पनि हो । काभ्रे पुण्यवती यातायात प्रालिले पनौती–काठमाण्डौ, त्यस्तै गरी पनौती बनेपा, अन्य ग्रामिण क्षेत्रमा समेत यात्रुहरुलाई बस सेवा दिदैँ आएको छ । हाम्रो यातायात प्रालिको बैठक बसेर मकर मेलाको समयलाई मध्यनजर गरी थप सेवा प्रभावकारी बनाउन लागि परेका छौँ । मकरमेला २०७८ लाई भव्य सभ्य बनाउन व्यवसायीहरुको पनि दायित्व हो । आगामी बैठकमा छुटको प्रवन्ध गर्ने, भक्तजनहरुलाई खानेपानीको प्रवन्ध गर्ने विषयमा भने अन्तिम विष्कर्ष गर्न बाँकी छ । बैकल्पिक बाटोबाट बस सेवा दिने, ठाउँठाउँमा पूर्वाधार संरचाना बनाउनुपर्ने स्थानमा बनाउने कार्य गरिएको छ । पनौती ठाडोबाटो शसस्त्र प्रहरीको गुल्म क्षेत्रको जग्गा, त्यस्तै गरी पनौती छाला कारखानाको चौरबाट पनि यात्रुहरुलाई सेवा प्रदान गरिने छ । भक्तजन र यात्रुहरुको चापलाई हेरेर काभ्रे बस प्रालि, हेलम्बु यातायात प्रालि र भक्तपुर यातायात सेवा प्रालिसँग समेत समन्वय गरेर बस सेवा प्रदान गर्ने छौँ । त्यस्तै गरी धुलिखेल संखुपाटी चौर, पनौती, धुलिखेल, बनेपा करीडोरबाट बैकल्पिक मार्गबाट समेत बस सेवा सञ्चालन गरिने छ ।
