IMG-LOGO

युएम र महिला शक्तिलगानी बीच एकीकरण

 मंगल, पौष २७, २०७८  ---

     बनेपामा सञ्चालनमा रहेको युएम बचत तथा ऋण सहकारी संस्था लि. र महिला शक्ति लगानी साकोस एकीकरण भएको छ । एक कार्यक्रमबीच धुलिखेल होराइजन होटलमा एकीकरण सभा आयोजना गरिएको थियो । सोही अवसरमा युएम साकोसले काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का २४ औँ साधारण सभाबाट नव निर्वाचित कार्य समिति, लेखा सुपरिवेक्षण समिति र एकीकरण भएको संस्था महिला शक्ति लगानी साकोसका सञ्चालक समिति, लेखासुपरीवेक्षण समिति र सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । संस्थाको सञ्चालक अध्यक्ष इश्वरी बादे, सचिव उषादेवी मानन्धर, कोषाध्यक्ष संगिता बैद्य, सुविना कायस्थ, इन्द्रकमल श्रेष्ठ र सुस्मा बैद्य यसैगरी लेखा समिति तर्फ रमेशकुमार कार्की, राजकिरण शाक्यलाई सम्मान गरिएको थियो ।

     युएम साकोसका सल्लाहकार डा. सञ्जीव कुमार श्रेष्ठ, भागवत श्रेष्ठ र सन्तोष श्रेष्ठलाई संस्थाले सम्मान गरेको थियो ।  संस्थाका सञ्चालक समिति, लेखा समितिका टिम, प्रमुख कर्यकारी अधिकृत रुशन श्रेष्ठ सहित कर्मचारी वर्ग सबै सम्मानित हुनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला बचत संघ काभ्रेका नव निर्वाचित अध्यक्ष जीतेन्द्र नकर्मी, उपाध्यक्षद्वय सागरनाथ कपाली, निर्मला श्रेष्ठ, सचिव सुरेन्द्रप्रसाद पाण्डे, कोषाध्यक्ष जीवन श्रेष्ठ, सहसचिव विकास वादे र सदस्यहरु गणेशकुमार तामाङ, सत्यवती भट्टराई, बालकृष्ण दाहाल, रुशन श्रेष्ठ, रमेश प्रसाद न्यौपाने, ज्ञानु दाहाल र विनोद सापकोटालाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।

     उक्त संस्था एकीकरण तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास वोर्डका उप निर्देशक अनिल राज पौडेल हुनुहुन्थ्यो । युएम साकोसका अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यलयको सञ्चालन चण्डिका वाग्लेले गर्नु भएको थियो ।

 

 

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्