१२ वर्षे मकर मेला नजिकिदै गर्दा मेलाको तयारी भने तिव्ररुपमा अघि बढेको छ । गत मंगलबार पनौती नगरपालिकाले काभ्रे जिल्लाका सरोकारवाला निकाय, संघ संस्था, जनप्रतिनिधि, पूर्व सांसद र सञ्चारकर्मी बीच हालसम्म भएको प्रगतिको बारेमा जानकारी गराएको थियो । नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत मेला आयोजक समितिको संयोजक इन्द्र प्रसाद अधिकारीले हालसम्मको प्रगति, विगतका बेलामा मेलाका स्मरणको बारेमा जानकारी गराउनु भएको थियो । मेला आयोजक समितिका संयोजक अधिकारीले पार्किङ व्यवस्थापन, खानेपानी, सांस्कृतिक एवं सरसफाई, बजार, आवास, सामुदायिक वन सरसफाई बनेपाबाट आएको फोहोर पानीको व्यवस्थापन नुहाउनका लागि धाराको व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । आगामी माघ १ गते देखि एक महिना सम्म शुरु हुने मकर मेला अवधिभर सामाग्री ढुवानी गर्ने सवारी साधन टिपरहर चल्न रोक लगाउने जनाएको छ । नगरपालिकाले ८ करोड खर्च गरी पूर्वाधार विकास सरसफार्य अभियान सञ्चालन गरेको जनाएको छ । नगर प्रमुख भिमप्रसाद न्यौपानेले मकरमेला अवधिभर पूर्व पट्टि पनौती वडा नं ९ भण्डारी गाउँ पश्चिम तर्फ पनौती–८ खरिबोट हुँदै शान्ति मार्गबाट प्राइभेट सवारी साधान आवतजावतको लागि प्रवन्ध गरिएको बताउनुभयो । पनौती बाँस्डोल सडकलाई एकतर्फी गरिने अन्य सवारी साधान प्रहरी तालिम केन्द्रमा पार्किङ गर्ने प्रवन्ध मिलाएको छ ।
पुष २५ गते भित्र सडक कालो पत्रेले पूर्णता पाउने
विगत ६ महिना देखिको निरन्तर प्रयासपछि बनेपा–पनौती सडक कालो पत्रे गर्ने कामले तीव्रता पाएको छ । ठेकेदार कम्पनीसँगको निरन्तर प्रयास पछिको कालोपत्रे निर्माण कार्यले थप तीव्रता पाएको पनौती नगरपालिका नगरप्रमुख भिम न्यौपानेले प्रकाश पार्नु भयो । कालोपत्रे गर्न सहजीकरण गरिदिने पूर्व मन्त्री गोकुल बाँस्कोटा,बागमती प्रदेश पूर्वमन्त्री चन्द्र लामा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नगरका वडाका जनप्रतिनिधि सबैको साथका कारण ढिलै भए पनि कालोपत्रे गर्ने कार्यले सम्पन्न पाउने भएकोले आफू निक्कै हर्षित रहेको नगर प्रमुख भिम न्यौपानेले उल्लेख गर्नुभयो । नगर प्रमुख न्यौपानेले स्मरण गर्दै भन्नु भयो ।
नागरिकहरको जन गुनासोलाई ध्यानमा राखि अहोरात्र खटेर, कोभिड–१९ प्रकोपको विसम परिस्थिति रहँदा रहँदै पनि सडक कालोपत्रे गर्न सकेकोमा आफैँलाई गर्व लागेको बताउनुभयो । संविधान सभा सदस्यद्वय रामहरी सुवेदी, कमला थापा, बागमती प्रदेश मन्त्री चन्द्र लामा, जिल्ला समन्य समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जरा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले लगायतले मकर मेला सम्बन्धमा बोल्नु भएको थियो । मकर संक्रान्तिबाट शुरु हुने मकर मेलामा छिमेकी मुलुक भारतबाट समेत भक्तजन मकर मेला हेर्न आउने गर्छन ।
