IMG-LOGO

ज्येष्ठ नागरिक महासंघको आँठौं महाधिवेशन सम्पन्न

 मंगल, पौष २०, २०७८  ---

 

       राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना एवं ज्येष्ठ नागरिक प्रदेश संघ, लुम्बिनीकोे सह–आयोजनामा हालै आयोजित दुई दिने ज्येष्ठ नागरिक राष्ट्रिय सम्मेलन एवं महासंघको आठौं महाधिवेशन पर्यटकिय स्थल रुपन्देही जिल्लाको बुटवलमा सम्पन्न भयो ।

       महासंघ अन्तर्गत रहेका ७४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक सहित करिव ३५० जनाको सहभागिता रहेको सम्मेलनको सभाध्यक्षता महासंघका तत्कालिन अध्यक्ष मदनदास श्रेष्ठले गर्नुभयो । सम्मेलनको समुद्घाटन लुम्बिनी प्रदेशका कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री माननीय रमा घर्तीबाट गरिएको थियो । सम्मेलनमा रुपन्देही जिल्लाका उपमहानरपालिका, नगरपालिकाका प्रमुखज्यूहरू लगायत प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्मा सहित विभिन्न निकायहरूका उच्च अधिकारीहरूको उल्लेख्य आतिथ्यता रहेको थियो । सम्मेलनमा ज्येष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति विशेषमा पर्सा जिल्लाका पशुपति विक्रम शाहलाई प्रा.डा. लीला देवी ज्येष्ठ नागरिक सेवा पुरस्कार  र संस्थामा ज्येष्ठ नागरिक जिल्ला संघ, कैलालीलाई विष्णुदेवी–रामजीश्रेष्ठ उत्कृष्ठ ज्येष्ठ नागरिक सेवा पुरस्कारद्वारा सम्मान गरिएको थियो । साथै जिल्लाका वरिष्ठ ज्येष्ठ नागरिक ९८ वर्षीय पिताम्बर न्यौपाने पूरुष एक र ९० वर्षीय श्रीमती लक्ष्मिदेवी टण्डन एक महिलालाई नगद रु. दशहजार जनही दिएर सम्मान गरिएको थियो ।

       सम्मेलनमा पूर्व प्रमुख सूचना आयुक्त एवं पूर्व अर्थ सचिव एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ कार्यसमिति सदस्य, कृष्णहरि बास्कोटाबाट ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा महासंघ, प्रदेश र जिल्ला संघको सक्रियता एवं सरकारका तीनै तहको भूमिका विषयक विशेष कार्यपत्र प्रस्तुति गरिएको थियो ।

       साथै उक्त महाधिवेशनमा तत्कालिन महासचिव छत्रबहादुर प्रधानद्वारा प्रस्तुत राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले आ.व. २०७६÷२०७७ र ०७७÷०७८ मा सम्पन्न गरेको कार्य प्रगति एवं आ.व.२०७८÷०७९ को नीति तथा कार्य योजना र कोषाध्यक्ष श्यामबहादुर श्रेष्ठले प्रस्तुत गर्नु भएको आ.व. २०७६÷२०७७ र ०७७÷०७८ मा महासंघले विभिन्न शीर्षकमा गरेको खर्च एवं आम्दानीको विवरण, लेखा परीक्षकको प्रतिवेदन र आ.व.२०७८÷०७९ को अनुमानित बजेटको फाँटबारी सहितको दुवै प्रतिवेदलाई उपस्थित प्रतिनिधि एवं पर्यवेक्षकबाट सामान्य सुझाव सहित सर्व सम्मतिबाट अनुमोदन गरियो ।

       महाधिवेशनमा, गतवर्ष २०७७ चैत्र २० र २१ गते रुपन्देहीको बुटवलमा गर्ने भनिएको ज्येष्ठ नागरिक राष्ट्रिय सम्मेलन एवं महासंघको आँठौं महाधिवेशन विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणको कारण स्थगित भई नयाँ नेतृत्वको लागि निर्वाचन गर्नु पर्ने कार्य समितिको निर्वाचन समेत सम्पन्न गरि, तत्कालिन महासचिवको भूमिकामा कार्यरत छत्र बहादुर प्रधान, अध्यक्ष अम्बिका के.सी., वरिष्ठ उपाध्यक्ष र शारदादेवी चन्द महिला उपाध्यक्ष, बेन बहादुर पौडेल क्षेत्री महासचिव, श्यामबहादुर श्रेष्ठ कोषाध्यक्ष, कुसुम केशव पराजुली सचिव सहितपूर्व मेची देखि पश्चिम महाकाली सम्मका सबै क्षेत्रलाई समेट्ने गरि ८ जना सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्