बनेपा, “मेरो बनेपा–मेरो गैरव” हो.. हो.. हो.. हातमा हात मिलाउन समृद्द बनेपा बनाउन, सुन्दर बनेपा बनाउन भन्ने बोलको गित संगितकार भुषण भोमीद्वारा लिखित गित लोकार्पण गर्दै सक्षम बचत तथा ऋण सहकारी संस्था लि बनेपाको २६ औँ वार्षिक साधारण सभा शनिबार एक कार्यक्रम बीच बनेपामा सम्पन्न गरेको छ । बनेपाका स्थानीय यूवा चर्चित गायकहरु हरि कर्माचार्य, सुमन बैद्य, रविन्सन श्रेष्ठ, यादव भोछिभोया, ओस्वी भोछिभोया, प्रमिता श्रेष्ठले स्वर दिनु भएको उक्त गितले समृद्ध बनेपा बनाउन सबै एकै ठाउँमा उभिनु पर्ने सन्देश दिएको छ । संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठको सभापतित्वमा सम्पन कार्यक्रमको प्रमुख अतिथि सहकारी विज्ञ, नेपाल बचत तथा ऋण सहकारी संघ लि केन्द्रीय बचत संघको पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै सहकारी विज्ञ कैलाश भक्त प्रधानाङ्गले सहकारी ऐन २०७४, सहकारी मुल्यमान्यता सिद्धान्तमा नीति, विधि, पद्धतीमा नचल्दा निक्कै समस्या आएको बताउनुभयो ।
सहकारी विज्ञ प्रधानाङ्गले थप प्रष्ट पार्दै भन्नु भयो । २९ हजार सहकारी सञ्चालनमा रहेको ७३ लाख शेयर सदस्यहरु सहकारीमा आवद्ध रहेका छन् । उनीहरुको जीवनमा सार्थक आर्थिक र सामाजिक रुपान्तरण हुनुपर्ने र संस्कृतिक संरक्षण गर्न सक्नु पर्ने धारणा सहकारी विज्ञ प्रधानाङ्गले राख्नु भयो । वरिष्ठ कलाकार मदनदाश श्रेष्ठले सहकारी संस्थाहरुले सामाजिक विकास र कला संस्कृतिको जगेर्ना गर्न सक्नु पर्ने कुरा बताउनुभयो । प्रेस काउन्सिल नेपलाका अध्यक्ष बालकृष्ण बस्नेतले सहकारी संस्थाहरु समाज विकासको अभिन्न अंग भएको हुनु पर्नेमा त्यसको परिपालन सक्षम साकोसले गरेकाले अरु संस्थाहरुले त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो । साहित्यकार सूर्यलाकजु, नेफ्स्कुनका पूर्व कार्यकारी अधिकृत शिव अधिकारी, संस्कृतिविद ज्ञानकाजी मानन्धर, भक्तपुर साकोसकी सञ्चालक सन्तोषी खतिवडा लगायत अतिथि हुनु हुन्थ्यो । संस्थाका सचिव मनोज थापाले भावि कार्य योजना तथा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सरोज काजी श्रेष्ठले आ.व. ०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा संयोजक भवानी जोशीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता उत्कृष्ट ऋणीहरुलाई सम्मान गरिएको थियो । संस्थाका कर्मचारीहरु लक्षमण थापामगर, नानीमैया श्रेष्ठ, मनिषा धाजु श्रेष्ठ, रजनी खडका, वर्षा केसी, रश्मी डंगोल, दिव्यश्वरी ठिमी श्रेष्ठ, सचिना तामाङ र सञ्जय मिजारलाई सम्मान गरिएको थियो । बरिष्ठ कलाकार मदादाश श्रेष्ठलाई कलाकारीता क्षेत्रमा पु¥याएको योगदानको कदर सहित सम्मान गरिएको थियो । संस्थाको प्रवन्धक पार्वती थापाले सक्षम साकोसले नीति विधि पद्धतीमा रहेर शेयर सदस्यहरु वृहत्तर आर्थिक उन्नतीमा उच्चतम सेवा दिएको बताउनुभयो ।
