सन् २०२२ को पहिलो दिन रोटरी क्लब अफ पनौतीको आतिथ्यतामा डिष्ट्रिक्ट ३२९२ को जोन १ को रोटाक्विज पनौतीमा सम्पन्न भयो । पाँच टिम सम्मिलित हुने भनिएपनि रोटरी क्लब अफ पनौती, रोटरी क्लब अफ काभ्रे बनेपा र रोटरी क्लब अफ काभ्रे भ्यालीले मात्र सहभागिता जनाएको उक्त रोटाक्विज कार्यक्रममा रोटरी क्लब अफ काभ्रे भ्याली प्रथम भई अर्को चरणमा प्रवेश ग¥यो ।
असिस्टेण्ट गभर्नर शशि सत्यालको अध्यक्षतामा भएको उक्त रोटा क्विजको संचालन क्विज मास्टर मनिष घिराईयाले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा मकरमेलालाई प्रवद्र्धन गर्ने हेतुले पनि रोटाक्विजको आतिथ्यता गरेको बताउँदै रोटरी क्लब अफ पनौतीका अध्यक्ष ई. सितू सैंजूले मायाको चिनो स्वरुप पनौती मकरमेला प्रवद्र्धनको चित्र अंकित सेरामिक कप सम्पूर्ण सहभागीहरु र डिष्ट्रिक्टबाट आउनुभएका पाहुनाहरुलाई प्रदान गरिएको थियो ।
