IMG-LOGO

पतंजली योग समिति काभ्रेको योग जागरण

 मंगल, पौष २०, २०७८  ---

       पतंजली योग समिति काभ्रे महिला समिति काभ्रेको आयोजनामा योग जागरण पदयात्रा यहि शनिवार राष्ट्रिय टोपी दिवस तथा अन्तराष्ट्रिय नयाँ वर्ष २०२२ को अवसर पारेर हालै बनेपाको गणेशस्थानबाट प्रारम्भ गरी पूरानो मार्ग, रातमाटे, चौकोट, बतासे, सँखु हुदैँ नमोबुद्धसम्म पुगि सम्पन्न गरिएको छ । बनेपाको गणेशस्थान चोकका पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले शुभारम्भ गरेको पदयात्रामा काभ्रे जिल्लाका बनेपा, नाला श्रीखण्डपुर, धुलिखेल, पनौती लगायतका योग केन्द्रका सयौँ योग साधकहरु संलग्न पदयात्रीहरुले “योग गरौँ, स्वस्थ बनौँ, स्वस्थ रहि राष्ट्र प्रति योगदान गर्न सकौँ” भन्ने नारा सहित गाउँ बेशीको परिक्रमा गरिएको थियो ।

       नमोबुद्धमा पूगी योग साधकहरुले वनभोज कार्यक्रम सहित नाचगान, कविता, चुड्किला भनि बृहत रुपमा गरिएको कार्यक्रममा पतंजली योग समिति बागमति प्रदेश प्रमुख ग्रोवेन तौजले, पतंजली योग समितिका अध्यक्ष हरिशरण श्रेष्ठ, नि. व. अध्यक्ष दमन कुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महामन्त्री मोहन कृष्ण श्रेष्ठ, संगठन मन्त्री श्याम कुमार श्रेष्ठ, कोषध्यक्ष कान्छा कुमार श्रेष्ठ, मन्त्री माधव श्रेष्ठ, महिला पतंजली योग समितिका अध्यक्ष अनु श्रेष्ठ, नि. व. अध्यक्ष अंजना श्रेष्ठ, उपाध्यक्ष इन्दिरा तौजले, महामन्त्री कमला राजभण्डारी, संगठन मन्त्री पुन्य श्रेष्ठ, मन्त्री लक्ष्मी उलक, कोषाध्यक्ष निर्मला कायष्ठ श्रेष्ठद्वारा मन्तव्य राखिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्