बनेपा, साविक फुलवारी गाविस वडा नं.६ बुचाकोटमा जन्मनु भएका शशिधर तिमल्सिनाको जीवनी स्मृतिग्रन्थ शनिबार एक कार्यक्रमका बीच चेतना केन्द्र बुडोलमा सार्वजनिक गरी विमोचन गरिएको छ । शब्द यात्रा प्रकाशनका संस्थापक अध्यक्ष स्मृतिग्रन्थका सम्पादक हरि मञ्जुश्रीको सम्पादन स्मृतिग्रन्थको उद्घाटन राष्ट्रिय समावेसी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिना र पूर्वमन्त्री, राजनितिज्ञ, सहकारी विज्ञ केशव वडालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । शशिधरको जीवनी परिचयमा बद्री तिमल्सिनाले शशधिर समाजका एक अशल अगुवा, बेथिती विकृतिको विरुद्धमा उभिने एक योद्धा भएको उल्येख गर्नुभयो ।
कार्यक्रममा पूर्व सांसद शिव वहादुर देउजा, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, शिक्षा सेवी रामप्रसाद अधिकारी, नेपाल होटल स्टेका केन्द्रीय अध्यक्ष केशव वडाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, नेकपा एमाले काभ्रे क्षेत्र नं १ का पूर्व क्षेत्रीय सभापति रामकृष्ण हुमागाई, बुडोल सामुदायिक साकोसका अध्यक्ष कैलाश केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन साधुराम गिरीले गर्नु भएको थियो ।
