IMG-LOGO

उपमेयरसँग सुत्केरी महिला कार्यक्रम

 मंगल, पौष २०, २०७८  ---

       धुलिखेल नगरपालिकाले उपमेयर सँग सुत्केरी महिला कार्यक्रम अघि बढाएको छ । आ.व. ०७८÷०७९ को बजेटबाट १० लाख बजेट विनियोजन गरेर १२ वटै  वडका सुत्केरी महिलाहरुको लागि पौष्टिक आहार कार्यक्रम प्रभावकारी रुपमा अघि बढाएको छ । नगर उपप्रमुख विमला कुमारी चौलागाई शर्माले हरेक वडा वडाको स्वास्थ्य संस्थामा गई सुत्केरी आमा र बच्चालाई सुत्केरी मसला, ध्यू, च्वानप्राश, न्यानो कपडा प्रदान गर्नु भएको छ ।

       यस वर्ष मात्र करीव १ सय ५० जना सुत्केरी आमा र बच्चाहरुलाई न्यानो कपडा र पौष्टिक आहार प्रदान गरेको जनाएको छ । गत वर्ष भने उपप्रमुख विमला कुमारी चौलागाइ शर्माले व्यक्तिगत खर्च गरेर सुत्केरी आमा र बच्चालाई न्यानो कपडा र पौष्टिक आहार प्रदान गर्नु भएको जनाउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्