IMG-LOGO

अनेरास्ववियु काभ्रेमा नयाँ नेतृत्व

 मंगल, पौष २०, २०७८  ---

नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचनमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी  केन्द्र पार्टी पत्तासाफ हुने दावि गर्नु भएको छ । शनिबार अनेरास्ववियु काभ्रेको २९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले प्रचण्ड नेतृत्वको पार्टी कोल्याव्स भए पछि मात्रै विकास निर्माण, कम्युनिष्ट आन्दोलन शुद्धिकरण हुने बताउनुभयो ।

       कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जु, संविधान सभा सदस्य रामहरि सुवेदि, अनेरास्ववीयुका महासचिव समिक वडाल, कोषाध्यक्ष जेनिस लामा, अनेरास्ववीयुका नेता एवं सदस्यहरुको उपस्थिति रहेको थियो । अनेरास्ववियु काभ्रेको २९ औँ जिल्ला अधिवेशनको बन्दसत्रबाट अशोक खनालको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा हेमराज हुमागाई, सचिव मिलन गौतम, सहसचिव सन्जिव न्यौपाने र युवराज दाहाल, कल्पना लामा कोषाध्यक्ष आदर्श न्यौपाने , कार्यालय सचिवमा सुमन जैरु र संगठन विभाग प्रमुखमा दिपेश तिमल्सिना चयन हुनु भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्