IMG-LOGO

मन्त्री हुँमागाइलाई सम्मान

 मंगल, पौष २०, २०७८  ---

       बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईले सम्वृद्ध राष्ट्र बनाउनका लागि साना उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रेको आयोजनामा शुक्रबार बधाई, स्वागत तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागाईले ५१ बुदे मार्गचित्र तयार पारी आफूले मन्त्रालयलाई रणनीतिक योजनाका साथ अगाडी लैजान लागेको उल्लेख गर्नुभयो ।

       उद्योगसँग जोडेर कृषि क्षेत्रलाई समेट्दै काम गर्ने, अत्याधिक माग रहेको कृषि मलको उद्योग खोल्न प्रयत्नरत रहेको उहाँको भनाई छ । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईलाई शुभकामनाका साथ बधाई, घरेलु कार्यालय धुलिखेलका प्रमुख अधिकृत रामकृष्ण कुष्मालाई स्वागत, सेवानिवृत्त रहुन भएका घरेलु कार्यालय धुलिखेलका पूर्व प्रमुख केशव पुडासैनीलाई विदाई गरिएको थियो ।

       नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे अध्यक्ष सुवासना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय महिला समिती वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्याय, केन्द्रीय सल्लाहकार समिति सदस्य मौषमी उपाध्याय, काभ्रे महिला  उद्यमी समिति अध्यक्ष निर्मला ताम्राकार, बागमति प्रदेश महासंघ सदस्यहरु जयराम मानन्धर, नानिमैया श्रेष्ठ, मिनाक्षी रेग्मी, सुजीता बैदार, मिना लामा, केन्द्रीय प्रतिनिधि सिद्धि बहादुर कर्माचार्य, सुलेखा कर्माचाय, समिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव रमण श्रेष्ठले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्