बनेपा, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिको पुष १४ गते बसेको विशेष बैठकले गरेको सिफारिसमा पार्टी हित विपरित गतिविधि गरेकाले जिल्ला अध्यक्ष सहितको टोलिलाई कारबाही गरेको छ । उपाध्यक्ष श्रीदाश लामा, उपाध्यक्ष गंगामाया लामा, सचिव घनजित लामा पार्टीको साधारण सभा समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख गरेको छ ।
राष्ट्रिय प्रजातन्त्रपार्टीको अध्यक्ष राजेन्द्र लिङ्गदेलको अध्यक्षतामा पुष १६ गते बसेको बैठकको निर्णयले राप्रपा जिल्ला काभ्रेका नेतृत्व सहितको टोलीलाई कारवाही गरेको हो ।
