काभ्रे, १४ पुस । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् नेताद्वय जोसेफ स्टालिनको १४३ औँ र माओ त्सेतुङ्गको १२८ औँ जन्म दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले पुँजीवादीहरुले स्टालिनको बदनाम गर्न अनेक भूmटा प्रचार गरेका हुन् वास्तवमा उहाँ लेनिनका सच्चा शिष्य र शालिन नेता हुन् भन्नुभयो । माक्र्सवाद–लेनिनवादलाई चीनको तत्कालीन परिस्थिति अनुसार प्रयोग गरि चीनलाई साम्राज्यवादी शक्तिबाट र सामन्तवादी शोषणबाट मुक्त गर्नु भएको उहाँले बताउनुभयो ।
एमसीसी नेपालको हितमा नभएको, शासक नेताहरुले पैसाको लोभमा देशघाती सम्झौतामा हस्ताक्षर गरेको हो भन्नु हुँदै उहाँले ‘‘एमसीसी सम्झौतामा राष्ट्रघात कहाँ छ’’ भनेर देशको प्रधानमन्त्रीले केटाकेटी कुरा गर्नु अशोभनीय भएको बताउनुभयो । उहाँले शासकहरु पैसाको लागि ‘छाती’ मात्र ठोक्दैनन् खुट्टा पनि ढोक्छन् भन्नुभयो । नेमकिपा काभ्रेका सल्लाहकार हरिप्रसाद मानन्धरले स्टालिन र माओको रचनाहरु अध्ययन गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सदस्य पूर्णसिं तामाङले राजनीतिक कार्यकर्ताले आप्mनो व्यक्तिगत स्वार्थलाई नभई जनताको सेवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुछेप्रधानको सभापतित्वमा भएको विचार गोष्ठीमा लक्ष्मी मानन्धर, ज्ञानेन्द्र डंगोल, राजु तामाङ, ओमप्रसाद मानन्धरलगायतले स्टालिन र माओको देनबारे प्रकाश पार्नु भएको थियो ।
