IMG-LOGO

प्रचण्ड निर्विरोध

 मंगल, पौष २०, २०७८  ---

       नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएका  २३६ सदस्यीय केन्द्रीय कमिटीको हिजो सोमबार ललितपुरको एक बैन्क्युटमा बसेको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका थिए । अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । बाँकी पदाधिकारीको टुङ्गो लगाउन एक सातापछि केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । आइतबार राती २ सय ३६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन गर्दै नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सकिएको थियो ।

       खुलातर्फ १ सय ११ र समावेशीतर्फ १ सय २५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादीले  महाधिवेशनबाट दुई सय ३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका थिए  । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यको नाम बन्दसत्रले अनुमोदन गरेको हो । आइतबार नै निर्वाचन आयोयगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशल खतिवडा र अनुशासन आयोगमा टङ्क राईको नाम अनुमोदन गरिएको थियो । पुस ११ दिउँसो कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको राष्ट्रिय महाधिवेशन उद्घाटन भएको थियो ।

       माओवादी केन्द्रको आठौं महाधिवेशनमा काभ्रपलाञ्चोकबाट केन्द्रीय समितिमा रुकु चौलागाईं, मीना तामाङ (रञ्जिता) र कमला दोङ (शान्ति)  तीनजना महिला सर्वसमत भएका  छन्। रुकु माओवादी केन्द्र काभ्रेकी अध्यक्ष हुन् भने  मीना तामाङ (रञ्जिता) र कमला दोङ (शान्ति)जनयुद्धमा अथक योगदान पुर्याउने नारी हुन् । उनीहरु आरक्षण कोटाबाट केन्द्रीय सदस्य भएका हुन्। जसमा खस–आर्य महिलातर्फ चौलागाईं, जनजाति महिलातर्फ तामाङ र जनजाति युवा महिलातर्फबाट दोङ निर्वाचित भएका हुन्।काभ्रेबाट तीन जना महिला केन्द्रीय सदस्यमा  हुँदा पुरुष नेता भने भने कोही पनि केन्द्रिय सदस्य बनेनन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्