नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन हिजो सोमबारबाट बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा भएका र हुने कार्यक्रमहरुको बारेमा जानकारी गराउन यो प्रेस नोट जारी गरिएको थियो ।
१. बन्द सत्रको सुरुमा. कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल चयन भएको थियो । अध्यक्ष मण्डलमा गिरीराजमणी पोखरेल,. गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुबेदी, . परशुराम रम्तेल र . रुपा महर्जन सदस्य रहेका छन ।
२. बन्द सत्रमा पार्टी अध्यक्ष ‘प्रचण्ड’बाट ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत भएकोे थियो ।
३. बन्द सत्रमा पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत भयो । विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।
४. बन्द सत्रमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत् वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत् विधान मस्यादा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजन गरिएको छ । समूहगत छलफलका लागि बनाइएको २५ समूह, समूहगत छलफल गर्ने स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी देहायबमोजिम रहेको छ ।
समूह १
सहभागी ः जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान ः प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी ः एनके प्रसाई
समूह २ र ३
सहभागी ः सल्लाहकारहरु
छलफलको स्थान ः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी ः नन्दकुमार थापा
समूह ४ र ५
सहभागी ः प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान ः भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी ः हर्क नेम्वाङ
समूह ६ र ७
सहभागी ः प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान ः पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी ः गणेश साह
समूह ८ र ९
सहभागी ः लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी ः चक्रपाणी खनाल
समूह १० र ११
सहभागी ः गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी ः गायत्री गुरुङ
समूह १२
सहभागी ः प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी ः लक्ष्मण पन्त
समूह १३ र १४
सहभागी ः कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी ः विमला केसी
समूह १५ र १६
सहभागी ः सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी ः खगराज भट्ट
समूह १७ र १८
सहभागी ः सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान ः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी ः मायाप्रसाद शर्मा
समूह १९
सहभागी ः उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी ः जगत सिंखडा
समूह २० र २१
सहभागी ः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी ः कृष्ण अधिकारी
समूह २२ र २३
सहभागी ः बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी ः सरल सहयात्री
समूह २४
सहभागी ः आयोगका सदस्यहरु
छलफलको स्थान ः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी ः विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागी ः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान ः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी ः अमृता थापामगर
–केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने ।
६. आज मंगलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुने भएको छ ।
