रोटरी क्लब अफ धुलिखेल, दोलालघाट गाउँ वडा कार्यालय र नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको संयुक्त सक्रियतामा दोलालघाट, भुम्लु स्थित वडा नं १० को कार्यालय भवन मा निःशुल्क मुटु तथा बाथ मुटु रोगको उपचार तथा परामर्श शिविर सम्पन्न भएको छ । उक्त शिविरमा धुलिखेल अस्पतालका बाथ मुटु रोग विषेशज्ञ डा. अनिश जोशीे इको, डा. श्रेया श्रेष्ठले सामान्य स्वास्थ्य परिक्षण तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखामा कार्यरत कृष्णा सिकु श्रेष्ठले ईसिजि को जाचँ गर्नु भएको थियो । उक्त शिविरमा १ सय ३७ जना बालबालिका, स्वास्थ्य स्वंयम सेविकाहरु, वाड अध्यक्ष्य तथा स्थानीय बासीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो जस मध्ये ४३ जनाको इको र ५५ जनाको इसिजि जाँच गरीएको थियो ।
१२ जना जटिल किसिमको मुटु रोगीहरुलाई धुलिखेल अस्पतालमा थप उपचारको लागि व्यवस्थापन गरिने छ । उक्त शिविरको आर्थिक तथा प्राविधिक सहयोग रोटरी क्लब धुलिखेल, रोट¥याक्ट क्लब अफ काठमाण्डौ विश्वविद्यालय मेडिकल साईन्स तथा नेपाल ह्दय रोग प्रतिष्ठान द्धारा गरिएको थियो भने यस शिविरको संयोजक अशोक कुमार श्रेष्ठ तथा रन्जिब श्रेष्ठले गर्नु भएको थियो । मुटुको स्वास्थ्यको लागि निरन्तर स्वास्थ्य परियोजनाहरु स्थिानिय समुदाय संग मिलेर निरन्तर कार्यन्वन गर्दौ जाने प्रतिबद्धता नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सभापति अशोक कुमार श्रेष्ठले जनाउनु भएको छ । मुटु रोग अत्यन्त जटील स्वास्थ्य समस्या भएको र उपचार अत्यन्त महंगो हुने हँुदा रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाए हो । त्यसैले नेपाल हृदयरोग निवारण प्रतिष्ठान, काभ्रेका सभापति अशोक कुमार श्रेष्ठ ज्यूले मुटुको स्वास्थ्यको लागि निरन्तर स्वास्थ्य परियोजनाहरु स्थानीय समुदाय संग मिलेर निरन्तर कार्यन्वन गर्दौ जाने प्रतिबद्धता जनाउनु भएको छ ।
