IMG-LOGO

काभ्रे बसको प्रथम सभा

 मंगल, पौष १३, २०७८  -

       काभ्रे बस प्रा.लि. को प्रथम वार्षिक व्यवसायी भेला शुक्रबार कायस्थ बैन्क्वेट बनेपामा सम्पन्न भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यता एवं प्रालिका अध्यक्ष बर्ण शाक्यको सभापतित्वमा भेला सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्माचार्यले प्रतिस्पर्धा अनुसार आफ्ना सवारीको अप्डेट गर्न व्यवसायीहरुलाई आग्रह गर्दै यातायात क्षेत्रमा देखापरेका चुनौतीको सामना गर्न महासंघ सदैब तत्पर रहेको उल्लेख गर्नुभयो ।

       नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, ने.या.व्य.राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वांर, हरिशरण केसी, दिपक अधिकारी, उपाध्यक्ष जितवहादुर भारती, यादवलाल श्रेष्ठ, सानुकाजी प्रजापती, महासचिव सरोज सिटौला लगायतले यातायात व्यवसायी प्रति सरकारको नकारात्मक दृष्टि भएको, यातायात व्यवसायी पनि राजनीतिक पहँुचमा पुगि प्रतिनिधित्व हुनुपर्ने, भाडा बृद्धि प्रदेश अनुसारको फरक फरक भएकोले एकरुपता हुनुपर्ने, दुर्घटना न्यूनिकरणमा बार्गेनिङ गर्ने प्रावधानलाई हटाइ बीमा पोलिसी अनुसार हुनुपर्ने, प्रविधिमैत्री क्यासलेस मनि सिस्टम लागु हुनुपर्ने, कम्पनी ऐन अनुसार नीति विधि सरकारले बनाउनु पर्ने लगायतका एजेण्डाहरुका बारेमा चर्चा गर्नु भएको थियो । महासंघका उपमहासचिव रवि रिमाल, बसन्त भण्डारी, देगनाथ गौतम, सचिव नन्दलाल श्रेष्ठ, कोषाध्यक्ष किरण खड्का, कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानावसु लगायत काभ्रेमा रहेका विभिन्न यातायात प्रालिका अध्यक्षहरु, यातायात व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

       सिन्डिकेट तोडिए पछि कोटेश्वर पूर्वकै पहिलो भेला काभ्रे बस प्रालि ( काभ्रे वस व्यवसायी संघ रुपान्तरित ) ले गर्न सफल भएको काभ्रे बस प्रालिका कार्यालय प्रमुख गोकर्णलाल श्रेष्ठले बताउँनुभयो । भक्तपुर बस प्रालि सँगको सहकार्यमा १४ वटा नगरबस सञ्चालन गरी तीब्र प्रतिस्पर्धा गरिरहेको काभ्रे बस प्रालिले सम्पूर्ण मजदुर र व्यवसायीको कोरोना विमा गरेको बताएको छ । प्रालिका पूर्व अध्यक्ष रत्न श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा पूर्व अध्यक्षहरु मिलन श्रेष्ठ, हरिमान कपाली, आत्माराम थापा, अनिलकुमार भैल, निर्मल कर्माचार्य, कृष्णचन्द्र पलाञ्चोके, रत्न श्रेष्ठ र दिलबहादुर साही लगायत बस व्यवसायीहरु, यातायात प्रालिहरुलाई सम्मान गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्