बनेपा । पतंजली योग समिति काभ्रे तथा महिला समिति काभ्रेको नयाँ नेतृत्वको निर्विरोध निर्वाचित पश्चात हालै बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
योग भवन बनेपामा आयोजित कार्यक्रमको प्रमुख अतिथि मन्त्री हुमागाईले पानसमा द्धिप प्रज्जोलित गरी शुभारम्भ भएको उक्त कार्यक्रममा योग जागरणबाट बनेपा नगरले नेपाल अधिराज्य भर नै उत्कृष्त नमुना प्रयोग गरेको र सो कार्यबाट आफू प्रभावित भई बाग्मती प्रदेश सरकारको तर्फबाट योग भवन बनेपालाई नगद रु ५,००,०००।–(अक्षरुपी पाच लाख मात्र) आर्थिक सहयोग दिने घोषण गर्नुभएको थियो ।
समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका कन्द्रिय सदस्य तथा पतंजली योग समिति काभ्रेका संरक्षक सुरकृष्ण बैद्य, योग समितिका सल्लाहकार उद्धव प्रासद तिमल्सिना, नेपाल रेडक्रस सोसाईटी काभ्रेका पूर्व अध्यक्ष रघुवर चौप्रधान, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, योग समितिका उपाध्यक्ष प्रकाश कायष्ठ, युवा समितिका अध्यक्ष रमेश श्रेष्ठ, पतंजलीका निवर्तमान अध्यक्ष दमन कुमार श्रेष्ठ, महिला समितिका निवर्तमान अध्यक्ष अञ्जना श्रेष्ठ, नव निर्वाचित अध्यक्ष हरी शरण श्रेष्ठ, नवनिर्वाचित महिला अध्यक्ष अनु श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको पहिलो चरणको कार्यक्रमको सभापतित्व दमन कुमार श्रेष्ठले गर्नुभएको थियो भने पदस्थापन पश्चात सम्पन्न भएको कार्यक्रमको सभापतित्व नव निर्वाचित अध्यक्ष हरी शरण श्रेष्ठले गर्नुभएको कार्यक्रमको उद्घोषण पतंजली समितिका महामन्त्री मोहन कृष्ण श्रेष्ठ र महिला समितिका महामन्त्री कमला राजभण्डारीले गर्नुभएको थियो ।
पतंजली योग समिति काभ्रेको नवनिर्वाचित कार्य समितिमा अध्यक्ष हरीशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महामन्त्रि मोहण कृष्ण श्रेष्ठ, संगठन मन्त्री श्याम कुमार श्रेष्ठ, कोषाध्यक्ष कान्छाकुमार श्रेष्ठ, मन्त्रि माधव श्रेष्ठ रहनुभएको र का.स. सदस्यहरुमा रघुनाथ कपाली, सुन्दर प्रसाद कर्णजित, राजेन्द्र चण्डि श्रेष्ठ, विरबहादर पसखल, भुवन सिं कुँवर, कृष्ण प्रसाद नराल, बोदनाथ बजगाई, दामोदर तिमल्सिना, शुभराज अधिकारी रहनुभएको छ भने मिडिया प्रभारीमा डा. कृति बैद्य, संञ्चार प्रभारीमा मिलन श्रेष्ठ, अडियो भिडियो प्रभारीमा अंकुर शाह र शिक्षा प्रभारीमा शम्भु कडेल रहनुभएको कमिटिमा संरक्षकमा ग्रोविन तौजले, सुरकृष्ण बैदा र सल्लाहकारमा दमन कुमार श्रेष्ठ, हिटलर शाक्य, अमृतलाल पलाञ्चोके र उद्धव प्रसदा तिमल्सिना रहनुभएको छ ।
त्यस्तै पतंजली महिला समितिको नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्ष ईन्दिरा तौजले, महामन्त्री कमला राजभण्डारी, कोषाध्यक्ष निर्मला कायष्ठ, संगठन मन्त्री पूण्य श्रेष्ठ, मन्त्री लक्ष्मी उलक र का.स. सदस्यहरुमा शोभा कायष्ठ, भवानी गुरुङ्ग, रामेश्वरी श्रेष्ठ, जानकी कारञ्जित, रेश्मा रञ्जितकार, शान्ति ताम्राकार, विद्या कारञ्जित, शर्मिला मानन्धर र शोभा नापित रहनुभएको र सल्लाहकारमा सरिता शाक्य, अञ्जना श्रेष्ठ र रेनुका प्रधान रहनुभएको योग साधक मिलन श्रेष्ठले जानकारी दिनुभयो ।
