ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.को २२ औँ वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । पाँचखाल नगरपालिका प्रमुख एवं नेपाली कांग्रेस क्षेत्र नं २ काभ्रेका क्षेत्रीय सभापति महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा कोषाध्यक्ष सुजता थापा खड्काले आर्थिक प्रतिवेदन, अध्यक्ष मुकुन्द प्रसाद दाहालले वार्षिक प्रतिवेदन, लेखा संयोजक मुक्तिनाथ तौजलेले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष सुर्य मानन्धरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ज्योती उत्कृष्ठ सहकारी शैक्षिक पुरस्कार, ज्येष्ठ सदस्य सम्मान, श्रष्ठा सम्मान, उत्कृष्ठ कर्मचारी सम्मान गरिएको थियो ।
५ हजार ६ सय ८ जना सदस्य रहेको संस्थाको ७ करोड ७ लाख ६ हजार ६ सय शेयर पूँजी, १ अर्ब ४९ करोड २४ लाख ७७ हजार ७ सय ८२ कुल कारोबार गरी १ अर्ब १३ करोड ९९ लाख ३० हजार ५ सय ४५ निक्षेप दायित्व रहेको बताइएको छ । ज्योती बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाले लगनखेल सेवा केन्द्र ललितपुर, चन्द्र ज्योती सेवा केन्द्र भक्तपुर, बेथानचोक सेवा केन्द्र काभ्रे, कावामाता सेवा केन्द्र पनौती, कुमारी सेवा केन्द्र बनेपाबाट सेवा दिइरहेको र चैत्र मसान्त सम्ममा मोबाइल बैँकिङ सेवा सुचारु गर्ने जनाएको छ ।
संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला), पूर्व अध्यक्षहरु कृष्ण प्रसाद दुलाल, शिवविक्रम शाह,मोहन प्रसाद पाण्डे, पुरुषोतम देवकोटा, जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यक्ष सोमप्रसाद हुमागाई, विभिन्न सहकारी संघ संस्थाका प्रमुख एंव प्रतिनिधि, सञ्चारकर्मी, सहकारीकर्मी, शेयर सदस्यहरुको उपस्थिति थियो भने संस्थाका सचिव रामेश्वर शर्मा वाग्लेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
