IMG-LOGO

जेष्ट नागरिक दिवस सम्पन्न

 मंगल, पौष १३, २०७८  -

       प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्री परिषद सभाकक्षमा नेपाल सरकार महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा प्रथम राष्ट्रीय जेष्ट नागरिक आइतबार सम्पन्न भयो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको अध्यक्षतामा भएको समारोहमा शताब्दी पुरुष सत्य मोहन जोशी, गृह मन्त्री बालकृष्ण खाँण, सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, ज्येष्ठ नागरिक महासँघ राष्ट्रीय अध्यक्ष छत्रबहादुर प्रधान,महिला आयोग अध्यक्ष, मन्त्रालयको सचिवहरू,विभन्न आयोग तथा संघ संस्थाहरूका अध्यक्षहरू एबम प्रतिनिधिहरू, १७ जना ज्येष्ठ नागरिकहरू तथा अन्य आमन्त्रित भद्र भलादमीहरूको उपस्थित रहेको समारोहको समुदघाटन प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको थियो ।

       महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीबाट शताब्दी पुरुष सत्य मोहन जोशी र १७ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नु भयो । शताब्दी पुरुष सत्य मोहन जोशीलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । गृह मन्त्री बालकृष्ण खाँण, सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव ज्यू, ज्येष्ठ नागरिक महासंघ राष्ट्रीय अध्यक्ष छत्रबहादुर प्रधान लगायतले मन्तव्य राख्नु भएको थियो । ज्येष्ठ नागरिक संघ काभ्रे जिल्लाको अध्यक्ष सिद्धिबहादुर कर्माचार्य र उपाध्यक्ष मणिराज श्रेष्ठ द्वय पनि सम्मानित हुनुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्