IMG-LOGO

पालिका निर्वाचनको आवश्यक तयारी बारे छलफल

 मंगल, पौष १३, २०७८  -

गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको आवश्यक तयारीबारे छलफल सुरु गरेको छ । सोमबार मन्त्रालयले निर्वाचनअघिका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनको विषयमा सरोकार निकायसँग छलफल थालेको हो । बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक वा फरक–फरक मितिमा हुँदा गर्नुपर्ने सुरक्षा तयारीका विषयमासमेत छलफल समेत भएको बताइएको छ ।

       छलफलको क्रममा गृहमन्त्री खाँणले निर्वाचनमा मतदाता र मत पेटिकाको सुरक्षा सन्दर्भमा उपयुक्त व्यवस्थापन गर्ने वातावरण मिलाउन निर्देशन दिएका छन् । संघीय मामिलामन्त्री श्रेष्ठले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्थापनका विषयमा धारणा राखेका थिए । निर्वाचन आयोगले १२ माघमा राष्ट्रिय सभा निर्वाचन गर्ने तयारी बढाएको छ भने केही महिनाभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने भन्दै छलफल अघि बइढाएको छ । तर, सरकारले स्थानीय तहको निर्वाचनबारे कुनै निर्णय गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्