नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दुई ब्यक्तित्व केन्द्रीय सदस्यमा निर्वाचित भएर नयाँ किर्तिमान कायम भएको छ । काभ्रेका एक बौद्धिक, सालिन, इमान्दार, मृदुभाषी, सबैका सहयोगी, परिवर्तन तथा अग्रगमनका वाहक मधु प्रसाद आचार्य आचार्यलाई खस आर्य कोटाबाट अत्याधिक मत पाएर केन्द्रीय सदस्य हुनु भएको छ । लोकतान्त्रिक आंदोलनका योद्धा विचारक निश्वार्थ भावनाका प्रतिमूर्ति आचार्यको विजयसंगै पुराना र नयाँ पुस्ताका निष्ठावान कार्यकर्ता अत्यन्तै हर्षित भएका छन् । काभ्रेमा खुल्ला कोटाबाट यस अघि गणेश लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
