नेपाली कांग्रेसले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाहरुमा पुष २७ गते निर्वाचन गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको भएपनि अझै १६ जिल्लामा निर्वाचन हुन सकेको छैन् । सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सिन्धुलीमा जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन् । यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायत १६ जिल्लामा जिल्ला कार्यसमिति निर्वाचन हुा बाँकी रहेको छ । ती जिल्लाहरुमा पुस २७ गते निर्वाचन हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले बताए ।
