IMG-LOGO

काभ्रे जिल्ला बचत संघमा नयाँ नेतृत्व

 मंगल, पौष १३, २०७८  -

       काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शनिबार सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट भएको निर्वाचनले बनेपा बचत तथा ऋण सहकारी संस्था लि का सचिव जितेन्द्र नकर्मी, अध्यक्ष  पदमा निर्वाचित गरेको छ । अध्यक्ष पदका उम्मेदवार जीतेन्द्र नकर्मीले १ सय ३ मत ल्याइ विजयी हुुनु भएको छ । उहाँका प्रतिस्पर्धी युवा साकोसका  अध्यक्ष एवं जिल्ला बचत संघका सचिव उदयराम कायस्थले ८८ मत प्राप्त गर्नुभयो । २ सय ५३ कुल प्रतिनिधि संख्या  रहेको प्ररम्भीक सहकारी संस्था मध्ये नविकरण गर्नेको संख्या १ सय ९६ रहेको थियो । मत भने १ सय ९४ मत खसेको थियो  । प्रभात साकोसका अध्यक्ष सागरनाथ कपाली, उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो संघका निवर्तमान सञ्चालक विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापाले उम्मेदवार फिर्ता लिए पछि सागरनाथ कपाली निर्विरोध हुनु भएको हो । महिला उपाध्यक्षमा नारी जागरण साकोसको निर्मला श्रेष्ठ, उपाध्यक्षमा १ सय ६ मत ल्याइ विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धी संघको वर्तमान महिला उपाध्यक्ष तिर्थमाया प्रधानले ८६ मत प्राप्त गर्नु भएको थियो । संघका वर्तमान सहसचिव शुरेन्द्र प्रसाद पौडेलले ९५ मत प्राप्त गरी विजय हुनु भयो भने प्रतिस्पर्धाी संघका वर्तमान सुपरिवेक्षण समितिका संघका संयोजक जेन लामाले १ मत फरकले हार्नुभयो । कोषाध्यक्ष पदका उम्मेदवार जीवन श्रेष्ठले प्रतिस्पर्धी उम्मेदवार संघका सहकारी सूचना केन्द्र व्यवस्थापन उपसमितिका सदस्य उपेन्द्र हुमागाइले ८१ मत प्राप्त गर्नुभयो ।

       त्यस्तै गरी सहसचिवमा चण्डेश्वरी साकोसका अध्यक्ष संघका सञ्चालक विकास बादे निर्विरोध हुनुभयो । चण्डेश्वरी साकोस बनेपाका पूर्व सचिव समेत रहेका बुद्धरत्न मानन्धरले सहसचिवको उम्मेदवार फिर्ता लिए पछि  विकास वादे निर्विरोध हुनुभएको थियो । लेखा सुपरिवेक्षण समितिको संयोजकमा हिमकाली साकोसका पूर्व अध्यक्ष  शिव प्रसाद तिमल्सिना निर्विरोध  निर्वाचित हुनुभयो । लेखा समिति सदस्यमा दिपेन्द्र श्रेष्ठ र पुष्पराज कोइराला निर्वाचित हुनु भएको छ । महिला सदस्यहरुमा सत्यवती भट्टराइ र ज्ञानु दाहाल विजयी हुनु भएको छ । जिल्ला बचत संघको २४ औँ साधारण सभाको उद्द्घाटन केन्द्रीय बचत संघकी अध्यक्ष परीतोष पौडेलले गनर््ु भएको कार्यक्रमको सभापतित्व अध्यक्ष रामहरी केसीले गर्नु भएको थियो । प्रथम उपाध्यक्ष इन्द्रमणी अधिकारीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रैका उपाध्यक्ष अमन पोटे, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काभ्रेका सचिव योगराज दाहाल, सामुदायिक बन उपभोक्ता बागमती प्रदेश अध्यक्ष विनोद सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बचत संघका प्रमुख सल्लाहकार सम्भुलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । सचिव उदयराम कायस्थले प्रगति तथा भावि कार्ययोजना , कोषध्यक्ष जीतेन्द्र नकर्मीले आ.व. ०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक बजेट प्रस्तुत गर्नुभयो  । लेखा सम्योजक जेन लामाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका प्रवन्धक गुरुप्रसाद ढकालले जिल्ला बचत संघ काभ्रेलाई नीति,विधि प्रविधिको उच्चतम सेवा प्रदान गर्दै अघि बढेको बताउनुभयो ।

       २०७८ को उत्कृष्ट कर्मचारीमा विकास भारतीलाई नगद ५ हजार पुरस्कार सहित सम्मान गरिएको कुरा सह प्रवन्धक रवि केसीले जनाउनुभयो । ६ करोड ६२ लाख २६ हजार कुल शेयर पूँजी रहेको संस्थाको कुल बचत १ अर्ब २० करोड ३७ लाख २२ हजार १ सय २० रहेको छ । अन्तर लगानी कार्यक्रममा रहेको ऋण ६ अर्ब १२ करोड ७१ लाख ९९ रहको छ । अन्तर लगानी कार्यक्रममा १ सय ८५ वटा संस्था आवद्ध रहेको छ । कार्यक्रमको सञ्चालन सहसचिव शुरेन्द्र पौडेल गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्