IMG-LOGO

माओवादीमा निर्विकल्प प्रचण्ड

 मंगल, पौष १३, २०७८  -

 

       माओवादीका नेताहरु भन्छन प्रचण्ड हाम्रो मात्र नेता होइन मुलुककै नेता प्रचण्ड हुन् । त्यसैले स्पष्ट छ माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड नै हुन् । बुर्जुवाहरु प्रचण्डले तीन दशकदेखि अनवरत रुपमा गलत तवरले नेतृत्व गरेको भनेर आलोचना गर्छन । कम्युनिष्ट नामधारी पार्टीहरु पनि यदाकदा उनीहरुको पार्टीमा भएको नेतृत्व परिवर्तनलाई उदाहरण दिएर आलोचना गर्ने गर्दछन ।

       एउटै नेताले युद्द तयारीको नेतृत्व गरेको, युद्दको नेतृत्व गरेको, शान्ति प्रक्रियाको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको, संविधान कार्यान्वयनको नेतृत्व गरेको, पार्टी एकता र धु्रविकरणको नेतृत्व गरेको तथा एकतामा समस्या देखा परेपछि त्यसबाट भएको बिद्रोहको पनि नेतृत्व गरेको नेपालको सन्दर्भमा पनि अन्यत्र पनि बिरलै पाइन्छ । यो सबै काम प्रचण्डको नेतृत्वमा भयो । अब पनि प्रचण्ड चाहिन्छ भनेर प्रचण्ड पक्ष नेताहरुको एउटै आवाज छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्