नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन नेपाल (नेभ्ला) काभ्रे शाखाको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद सापकोटा पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलमा सम्पन्न अधिवेशनले उनी सहित नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा भोजराज पन्त, सचिवमा इन्द्र चिमोरिया, कोषाध्यक्षमा राम बहादुर लामा, र सदस्य हरुमा निर्मला दनुवार, विजय थापा, चुडामणि ढकाल (राजु), तारामान तामाङ, राजकुमार श्रेष्ठ, उमेश घिमिरे र सौगात रानामगर निर्बिरोध निर्वाचित भएका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिमा मणिप्रसाद सापकोटा, लिला सापकोटा, रामप्रसाद दाहाल, कान्ता तोलाङ्गे, शिव तिवारी, उद्धव सापकोटा र सागर सापकोटा छन् । दिवसको अवसरमा जिल्लाको उत्कृष्ठ पशुपंछी सेवा शाखाको रूपमा पनौती नगरपालिकालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेभ्ला केन्द्रीय अध्यक्ष राम मेहेता, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे का प्रमुख डां मोगलप्रसाद शाह, १३ वटै स्थानिय निकायको पशुपन्छी सेवा शाखाको प्रमुख सहित कार्यरत प्राविधिक र जिल्लाभर सेवा दिइरहेका प्राइभेट पारभेटहरुको उलेख्य सहभागीता रहेको थियो ।
