IMG-LOGO

विपन्न र अपाङ्गताहरुको निःशुल्क बीमा

 मंगल, पौष ६, २०७८  ---

       पनौती नगरपालिका वडा नं ५ चौकोटका रामकृष्ण कुवा श्रेष्ठकोे परिवारबाट पनौती नगरपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । नगर प्रमुख भिम न्यौपाने र उपप्रमुख गिता बञ्जाराले संयुक्त रुपमा स्वास्थ्य बीमा परिचय पत्र हस्तान्तरण गर्नुभएको  छ । आर्थिक अभावकै कारण स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । श्रेष्ठ परिवारले १ लाख बराबरको उपचार निःशुल्क प्राप्त गर्नेछन् । पनौती नगरपालिकाले वडा समितिको सिफारिस अनुसार विपन्न दलित, जनजाति, अपांगता भएका व्यक्ति र एकल परिवारको निःशुल्क बीमा गर्ने योजना बनाएको छ । जसअन्तर्गत  नगरपालिकाका ६ सय परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्