IMG-LOGO

एमाले धुलिखेल नगरकमिटीको कार्यालय उद्घाटन

 मंगल, पौष ६, २०७८  ---

       नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको जिल्ला अधिवेशन राजनीतिक, वैचारिक, सांगठनिक, प्रचारप्रसार र जनपरिचालन र व्यवस्थापनको हिसावले समेत ऐतिहासिक हुने दावि गर्नु भएको छ । नेकपा एमाले धुलिखेल नगर कमिटीको कार्यालय उद्घाटनलाई सम्बोधन गर्दै उहाँले एमाले काभ्रेको जिल्ला अधिवेशनमा ५० हजार नागरिक सहभागि हुने बताउनुभयो । आगामी निर्वाचनमा एमालेबाट चोइटिएर गएका व्यक्तिहरुले सूर्य वा रुख चिन्हमा  भोट हाल्नुपर्ने बाध्यता हुने उहाँको जिकिर थियो ।

       एमाले केन्द्रीय कमिटी सदस्य नविना लामाले काभ्रे जिल्लालाई एमालेको किल्ला बनाउन सबै पार्टीपंक्ति क्रियाशिल भएर लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रेशम लामा, रुक्मिणी राना, प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदी, जिल्ला अध्यक्ष अशोक व्याञ्जु, प्रदेश सदस्य विमला शर्मा, लगायत नेता कार्यकताहरुको उपस्थिति रहेको थियो । युवा नेता विष्णु धिताल (काभ्रेली)ले सञ्चालन गर्नु भएको कार्यक्रम नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतको सभापतित्वमा सम्पन्न भएको थियो ।

सुविधासम्पन्न पुस्तकालय र शौचालय निर्माण सम्पन्न

       बुचाकोट (नमोबुद्ध)– जनकल्याण माध्यामिक विद्यालय नमोबुद्ध नगरपालिका–२ को बार्षिकोत्सव नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

       बार्षिकोत्सवकै अवसरमा विद्यालयमा स्थापना गरिएको सुविधासम्पन्न पुस्तकालय र शौचालयको उद्घाटनसमेत गरिएको छ । प्रदेश सरकारले नमोबुद्ध नगरपालिकामार्फत उपलव्ध गराएको ६ लाख ५० हजार रुपैयाँमा पुस्तकालय स्थापना गरिएको हो भने शिक्षा विकास तथा समन्वय इकाईमार्फत प्राप्त १५ लाख ४९ हजार रुपैयाँको लागतमा अपांगमैत्री, बालमैत्री शौचालय निर्माण गरिएको हो ।

       कार्यक्रममा पुस्तकालय र शौचालय निर्माणमा सहयोग गर्ने तथा विद्यालयका सहयोगीहरुलाई सम्मानसमेत गरिएको छ । सम्मानित हुनेहरुमा निर्माण व्यवसायी चन्द्रवहादुर घलान, इन्जिनियर श्रेया झा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बिदुर अधिकारी, पूर्वप्रधानाध्यापक नारायण शर्मा तिमल्सिना, वडाअध्यक्ष सञ्जीव ढकाल, सहयोगी दाताहरु केदारप्रसाद आचार्य, कृष्णहरि आचार्य र शंकर गिरी रहेका छन् ।

       विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रवहादुर सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले स्वागत मन्तव्यसहित विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा काठमाडौं स्कुल अफ ल का प्रमुख डाक्टर युवराज संग्रौला, नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचि जनार्दन रिजाल, वडा अध्यक्ष सञ्जीव ढकाल, नेकपा एमाले नमोबुद्ध नगर कमिटीका अध्यक्ष कृष्ण खनाल, सामाजिक एव) राजनीतिक व्यक्तित्व कृष्णचन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए । २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २ सय ५ जना विद्यार्थी अध्ययनरत छन् ।

कृषि क्षेत्रलाई आत्म निर्भर बनाउने हाम्रो प्रथामिकता छ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्