IMG-LOGO

जिल्ला सहकारी संघको गोष्ठी सम्पन्न

 मंगल, पौष ६, २०७८  ---

       जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा सहकारीमा दीगो व्यवसाय अभ्यास र अवसर सम्वन्धि एक दिने गोष्ठि बनेपामा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि नेपालको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा ५५ जना विभिन्न सहकारी संस्थाको सहभगिता रहेको थियो । राष्ट्रिय सहकारी महासंघ लि. का महाप्रवन्धक चित्राकुमारी थाम्सुहांग सुब्बाले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा सहकारीहरुले व्यवसायमा कसरी केन्द्रित भई कार्य अगाडि बढाउने र व्यवसायका अर्थ पभिाषा, क्षेत्र तथा विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अभ्यासका बारेमा जानकारी गराइएको थियो । कार्यक्रम जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले उद्घाटन गरीे कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा सहभागिहरुसँग आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो ।

       आफ्नो बिचार राख्दै संघका अध्यक्ष शर्माले जिल्ला सहकारी संघले यस्तो कार्यक्रम पहिलो चरणमा गर्न लागेकाले अहिले प्रारम्भिक चरणमा आधारभूत रुपमा व्यवसाय तथा उत्पादनमूलक क्षेत्रलाई पनि सहकारीका दर्शन, सिद्धान्त, मूल्य मान्यताका आधारमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिषयलाई प्रष्ट पार्नुभएको थियो भने यस कार्यक्रमले आकर्शित गरेको खण्डमा अन्य प्राविधिक पक्षहरुसँगै जोडिएर व्यवसायिक योजनाहरुका बिषयमा समेत आगामी दिनहरुमा कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्दे लाने बिचार ब्यक्त गर्नुभएको थियो । कार्यपत्र प्रस्तुती सहित अन्र्तक्रियात्मक रुपमा भएको उक्त कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन बिष्टले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष अमन पोटे श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम संघमा रहेको व्यवसाय प्रवद्र्धन उप समितिका संयोजक तथा संघका सञ्चालक सदस्य अर्जुन सापकोटाको शभापतित्वमा भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्