नेकपा (एकीकृत समाजावादी) काभ्रेले नवनियुक्त बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईलाई आइतबार बधाई सहित सम्मान गरेको छ । नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष समेत रहेका मन्त्री हुमागाई पार्टीका सालीन व्यक्तिका रुपमा चिनीनु हुन्छ । सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्गले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा बागमती प्रदशे सांसद लक्षमण लम्साल, केन्द्रीय सदस्य मुकुन्द गौतम , बागमती प्रदेश कमीटी सदस्य तेजबहादुर खडका, भुपाल राना, रामहरी नेपाल लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य टोकबहादुर वाइवाले कम्युनिष्ट आन्दोलनलाई सिद्धाउने खेल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले गरेकोले आज यो अवस्था आएको बताउनुभयो ।
कम्युनिष्ट सरकारमा जाँदा र नेतृत्व गर्दा केशव वडाल त्यसपछि पार्टीको केन्द्रीय सदस्य हारेकालाई केन्द्रीय सदस्य बनाएर काभ्रेली जनताले जिताए तर २÷२ वटा मन्त्रालयको जिम्मेवारी दिएको गोकुल बाँस्कोटाले इमान बेचेर काभ्रेली जनताहरुलाई ठूलो धोका दिएको तर्क जिल्ला पार्टी अध्यक्ष बाइवाले गर्नुभयो । बागमती प्रदेश सांसद चन्द्र लामालाई सांसद नवनाउन ठूलो खेल रचेको स्मरण सुनाउँदै उहा ा५२ दिन प्रदेशको मन्त्री हुनुभयो । उहाँलाई पनि हामीले बधाई त दिएकै थियौँ तर के गर्नु साथीहरुले नबुझ्दा पार्टीमा ठूलो समस्या आएको उहाँको भनाई थियो । बागमती प्रदेश सांसद एवं कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाइले आफु पार्टीको सिपाही भएकोले जनताको सेवक पार्टीको पहरेदार भइ इमानदारिताका साथ कार्य गर्ने महिनामा १० दिन पार्टी निर्माणमा आफु समय दिने उल्लेख गर्नुभयो । जिल्ला पार्टी सचिव दिपक गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष बागमती प्रदेश सांसद, कृषि, पशुपन्छी तथा सहकारी मन्त्री बसुन्धारा हुमागाइलाई विहिबारबाट बधाईको ओइरो लागेको छ । नेकपा (एकीकृत समाजवादी) बनेपा नगरकमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कायक्रममा बोल्दै मन्त्री हुमागइले जनतको विश्वास र भरोषा पार्टीको असल सिपाई भएकै कारण आज आफू मन्त्री भएको बताउँदै उक्त विश्वास गुम्न नदिइ प्रदेशको विकासमा लाग्ने बताउनुभयो । बागमती प्रदेशको हरेक पालिकामा १÷१ योजना पु¥याउने लक्ष्य दिएको बताउँदै रसायनिक मलखाद देशमै उत्पादन गर्न संघीय सरकारसँग समन्वय गरी अघि बढ्ने तर्क मन्त्री हुमागाइले गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार समिति सदस्य लम्बोदर कायस्थ, युवा संघ नेपाल काभ्रेका अध्यक्ष प्रताव लामा, अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष पासाङ डोल्मु लामा, बनेपा नगरपालिका वडा नं. ६ वडा अध्यक्ष सचितानन्द केसी लगायतले मन्तव्य राख्नु भएको थियो । नेकपा (एकीकृत समाजवादी) बनेपा नगरकमिटीका अध्यक्ष रघुवर चौप्रधानले दलाल पूँजीपती, वर्गको हित हेर्ने नभई श्रमजीवी वर्गको उन्नती प्रगतिमा प्रतिवद्ध भई समाजवादी यात्रामा लागि पर्ने बताउनुभयो ।
