IMG-LOGO

महिला शक्ति विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम

 मंगल, पौष ६, २०७८  ---

       धुलिखेल, महिला शक्ति विकास केन्द्र नेपालको सामाजिक परीक्षण कार्यक्रम धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भयो । संस्थाको कोर लिडर कुशुम दुलालले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा धुखिलेल नगरपालिका वडा नं ८ वडाअध्यक्ष निराजन जंगम, महिला बालबालिका शाखा धुलिखेलकी प्रतिनिधि भवानी मिश्र, विनायक बाल आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक नानीराम धिताल, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो । संस्थाले महिलाहरुको आर्थिक शसक्तिकरण, नेतृत्व विकास, क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

       २०६४ मा दर्ता भएको संस्थाले काभ्रेको धुलिखेल, पाँचखाल, बनेपा नरपालिका र बेथानचोक गाउँपालिकाको क्षेत्रमा महिलाहरुको विभिन्न समुह बनाएर महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई स्थापीत गर्ने कार्य गरेको छ । काभ्रे, दोलखा, लमजुङ, डोटी, ताप्लेजुङ लगायत १२ वटा जिल्लामा संस्थाले कार्य गर्दै आएको छ । संस्थाको मुल परिकल्पना समतामुलक समाज निर्माण, बातावरणमैत्री मर्यादित सहितको आर्थिक समृद्धिको यात्रामा लाग्ने ध्येय लिएको छ । संस्थामा आवद्ध रहेकी गुञ्जन महिला समूह धुलिखेल–८ की मिनकुमारी थापाले संस्थाले परीयोजना सञ्चालन गरेपछि महिलाहरुले आर्थिक उपार्जन, सिपको विकास र नेतृत्व विकासमा सहयोग पु¥याएको बताउनुभयो । स्थानीय उद्धव प्रसाद तिमल्सिनाले मन्तव्य राख्नु भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेकी सदस्य गिता सुनार लगायतको आतिथ्यता रहेको थियो । संस्थाकी क्षेत्रीय संयोजक श्रृजना प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कोर लिडर पार्वती केसीले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्