अन्तराष्ट्रीय नेपाली समाज हङकङ र समावेशी नेपाली समाज एकिकरण पस्चात नेपाली समाज हङकङको प्रथम अधिवेशन जोर्डन स्थित चुमलुंग हिममा डिसेम्वर १८ हङकङमा सम्पन्न भयो। अनलाईन जुम मार्फत जनता समाजवादी पार्टिका संघिय परिषद अध्यक्ष एवं पूर्व प्रधानमंत्री डा वावुराम भट्टराई ज्युको प्रमुख आथित्यमा सम्पन्न उक्त अधिवेशनमा शुभकामना दिंदै डा.भट्टराईले पार्टिको चार निती संघियता, सुशासन, सम्वृध्दि र समाजवादको अर्थ र औचीत्यवारे स्पस्ट पार्नु भएको थियो। अधिवेशनको उद्घाटन समारोहमा नेपाली राजनैतिक दलका हङकङ स्थित भातृ संस्थाहरुको तर्फवाट जनसम्पर्क समितिका अध्यक्ष काजीमान गुरुङ, प्रवासी नेपाली मन्चका कावा अध्यक्ष दलहांग नेम्वाङ, जन प्रगतिशिल मन्चका अध्यक्ष दुर्गा वहादुर गुरुङ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष ईश्वर विक्रम शाहले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
नेपाली समाजका अध्यक्ष इन्द्र वनेमले उद्घाटन समारोह समापन गर्दै हेजेन राईको अध्यक्षतामा अध्यक्ष मंडल गठन भएको घोषणा गरेका थिए भने अधिवेशसनको अवसर पारेर बिभिन्न क्षेत्रमा ख्याती प्राप्त ब्यक्तित्वहरुको प्रवेश निकै रोचक रहेको थियो । नवप्रवेशी सदस्यहरुलाई प्रवास विशेष प्रदेश समितिका ( प्र.वि.प्र.स ) का सचिव मनोज गौतमले स्वागत एवं शुभकामना दिनुभएको थियो । कार्यक्रमको वन्द सत्रले ईन्द्र वनेमकै अध्यक्षतामा नया‘ं कार्य समिति गठन गरेको छ ।
नेपाली समाज हङकङको नयाँ कार्य समितीमा ईन्द्र वनेम– अध्यक्ष,.श्याम इङ्नाम – उपाध्यक्ष, चन्द्रका राई– उपाध्यक्ष, बिश्वनाथ घिसिङ – सचिव, भवेश घिसिङ – कोषाध्याक्ष, सदस्यहरुमा सम्शेर तुम्वाहाङ्फे, शरण सुब्बा, प्रदिप किरावा, देबमान लिम्बु ( मिडिया), हिम सिङ्गका (नवप्रवेशी सदस्य),.ओम गुरुङ, जुनु दिब्या राना (नवप्रवेशी सदस्य), प्रदिप कन्दन्वा (नवप्रवेशी सदस्य), राम लि राई, दिलिप तामाङ, दुर्गा प्रसाद तामाङ, लोकेन्द्र परियार, राजु बराईली, अमोद राई,.बिरेन्द्र काजी गुरुङ,.माया देबी राई,.रुद्र फोम्बो ( नवप्रवेशी सदस्य ), मनि राज लिम्बु, बिष्णु पाखृन ईन्द्र सिं राई, पिटर गुरुङ ( नवप्रवेशी सदस्य ), शिब कुमार पुन ( नवप्रवेशी सदस्य ), उर्मिला घले, सुर्यमान राई, ज्ञान बहादुर राई ( नवप्रवेशी सदस्य ), दक्ष लिम्बु ( नवप्रवेशी सदस्य ), सुमन वनेम ( नवप्रवेशी सदस्य ),.गजेन्द्र राई, युब राई ( नवप्रवेशी सदस्य ), मौसम ईम्बुङ लिम्बु ( नवप्रवेशी सदस्य ) लगायत रहेका थिए । कार्यक्रम संचालन प्र.वि.प्र.समितीका सचिव मनोज गौतमले गर्नु भएको थियो भने कार्यक्रममा सल्लाहकार डा. चुरा थापा, नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, उपाध्यक्ष लव कुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
