धुलिखेल, काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले मिति २०७८ सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको आयोजनामा बनेपा हेल्थ केयर प्रा.लि. को प्राविधिक सहयोग एवं धुलिखेल नगरपालिका वडा नं. १ को सहजीकरणमा आयोजित स्वास्थ्य शिविरमा धुलिखेल नगरपालिका वडा नं. १ देवीटार क्षेत्रका ९८ जनाले स्वास्थ्य परीक्षण गराई लाभ लिनुभएको थियो । स्वास्थ्य शिविरमा बरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र फिजिसियनहरुद्वारा स्वास्थ्य जाँच तथा परामर्शका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई बनेपा हेल्थ केयरमा स्वास्थ्य परीक्षणमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था समेत मिलाइएको छ ।
