IMG-LOGO

चण्डेश्वरी साकोसको नाफा १ करोड ८२ लाख

 मंगल, मंसिर २८, २०७८  ---

       समुदायमा आधारित बनेपाको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिले १ करोड ८२ लाख ७४ हजार ९ सय ९२ नाफा कमाएको छ । ७ हजार ७ सय ५ शेयर सदस्य रहेको संस्थाको कुल पूँजी १ अर्ब १४ करोड ८४ लाख ८१ हजार ५८ रहेको छ । नियमित बचत, बाल बचत, मुद्धती बचत र उत्कृष्ट ऋणी एक एक जनालाई पुरस्कृत गरेको छ । यस पटकको उत्कृष्ट कर्मचारी सेवा पदक २०७८ बाट कर्मचारी सुनिता मानन्धरलाई सम्मान गरेको छ । संस्थाकी सञ्चालक सदस्य रोशन राजवंशी ब्लड डोनर्स एशोसियशन नेपाल संस्थाको  तर्फबाट मनोनित हुनुभएकोमा बधाई सहित सम्मान सोरुप मायाको चिनो प्रदान गरिएको थियो ।

       संस्थाका प्रमुख सल्लाहकार बालभक्त प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विकास बादेले गर्नु भएको थियो । सह सचिव काजी श्रेष्ठले सचिवको प्रतिवेदन र सहकोषाध्यक्ष हेमन्तराज प्रधानद्वारा कोषाध्यक्षको वार्षिक अनुमानित बजेट आ.व. ०७७÷०७८ को लेख परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक सुरेन्द्र प्रजापतीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाले शेयर सदस्यहरुलाई आ.व. ०७७÷०७८ मा १२ प्रतिशतले शेयर लाभांश प्रदान गर्ने भएको छ । संस्थाका सल्लाहकार इन्द्रनारायण भैलले मन्तव्य राख्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्