बनेपा, काभ्रेका साहित्यकार, साहित्यिक अभियन्ता, साहित्यिक पत्रकारका रुपमा चिर परिचित कृष्णप्रसाद दुवाल बाल साहित्य लेखनमा विशिष्टता कायम गर्न सफल नेपालकै प्रसिद्ध बाल साहित्य कारका रुपमा चिर परिचित छन् । यिनकै प्रतिमा बुटवल स्थित बनगाइमा रहेको कपिलधाम स्थित ‘साहित्यतीर्थ’ मा स्थापित भएको छ । स्थापित भइसकेका अन्य प्रसिद्ध साहित्यकारहरुमा भानुभक्त आचार्य, लेखनाथ पौडेल, धर्मराज थापा, लीलाध्वज थापा, पूर्णप्रसाद ब्राम्हण, भवानी भिक्षु, वासु शशी, डा. कुमार बहादुर जोशी, हर्षबहादुर बूढा मगर, राजीवलोचन जोशी, लोकप्रिया देवीआदि स्रष्टाहरु छन् । यसै पङ्क्तिमा कृष्णप्रसाद दुवालको प्रतिमा पनि यही मङ्सिर २३ गते बिहीबार एक साहित्यिक समारोहका बीच प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. कपिल लामिछानेले अनावरण गर्नुभयो ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवाल र कपिल आरोग्य मन्दिर, कपिलधामका अध्यक्ष शङ्कर आचार्यको संयुक्त सभापतित्वमा भएको उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानको तर्फबाट चारजना बाल साहित्यकाहरु डा. शालिकराम पौडेल, पुरुषोत्तम पाण्डे, दलबहादुर गुरुङ र हरिप्रसाद भण्डारी सम्मानित भए । यसैगरी बाल प्रतिभाका रुपमा दुई जना बालिका जोशिका कँडेल ‘निशा’ र अस्मिता अर्याल पनि सम्मानित भएका छन् । रुपन्देहीका विशिष्ट साहित्यकारहरु बूँद राना, वनमा लीनिराकार, विजय सागर, रुद्र ज्ञवाली र ऋषि आजादले र ४ जना सम्मानित साहित्यकारहरुले पनि मन्तव्य प्रकट गर्नुभएको उक्त कार्यक्रममा करिव ३ दर्जन स्रष्टाहरुले कविता वाचन गरे । उक्त अवसरमा जनमत बारे जानकारी दिंदै दुवालले भने — “जनमत साहित्यिक आन्दोलनका साझा अभियन्ता हुन् । यसले देश भित्र र देश बाहिर पनि साझा अभियन्ता रही साहित्यिक आन्दोलन चलाइरहेको सन्दर्भ सुनाउन पाउँदा खुसी लाग्यो । आज रुपन्देही मापनियही कुरा सुनाउनआएको छु ।”
