बनेपा नगरभित्र रहेका गैरसरकारी संस्थाहरुको मियो बनिरहेको छ, महिला जागरण समूह र त्यसको नेतृ हुनुहुन्छ निर्मला श्रेष्ठ । प्रकृती रिसोर्स सेन्टर काठमाण्डौँको सहयोग र महिला जागरण समूह बनेपाको आयोजनामा हिजो बनेपामा १० वटा गैरसहकारी संस्थाहरुले जालवायु परिवर्तन, महिला स्वास्थ र वातावरण सम्बन्धमा बहुसरोकार मञ्चलाई प्रभावकारी बनाउने गरी कार्यशाला गोष्ठी सोमबार बनेपामा सम्पन्न गरेको छ । बहुसरोकार मञ्चलाई कसरी प्रभावकारी बनाउने, बनेपा नगरपालिका स्तरमा वातावरण, महिला, जलवायु शिर्षकमा के कति बजेट छुट्टाइएको छ , नगरसँग कसरी समन्वय गरी विकासको गतिलाई तीव्रता दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
गोष्ठीमा १० वटा संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिनु्भयो । यसै क्रममा बनेपा नगरपालिकामा आज (मंगलबार) वातावरण, महिला, जलवायु क्षेत्रमा नगरले गरेका क्रियाकलाप, बजेट शिर्षक माथिको समिक्षा लगायतका विषयलाई जोड दिदैँ मञ्चले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ । प्राकृतिक रिसोर्स सेन्टरको सहयोगमा सम्पन्न एक दिने कार्यशाला गोष्ठीबाट उठेका महत्वपूर्ण विषयहरुलाई आगामी दिनमा थप रणनीतिक योजनाका साथ पुरा गर्दै जाने सेन्टरकी कार्यक्रम अधिकृत प्रज्ञा शेरचनले जानकारी दिनुभयो ।
