IMG-LOGO

काभ्रेली नेपाली साहित्यको रूपरेखा सार्वजनिक

 मंगल, मंसिर २८, २०७८  ---

       नेपाली साहित्यमा उपन्यास, कथा, निवन्ध, कविता लगायतका विधामा सक्रिय कलम चलाउने तथा साहित्यको अनुसन्धानमा लागि पर्ने साहित्यकार विजय सापकोटाको अनुसन्धानमुलक कृति  काभ्रेली नेपाली साहित्यको रूपरेखा को दोश्रा संस्करण प्रकाशन भएको छ ।

       २०६७ सालमा पहिलो पटक प्रकाशित भई हाल संशोधित एवं परिमार्जित रूपमा बजारमा आएको यो पुस्तक काभ्रेपलान्चोक जिल्लामा नेपाली भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक हो । प्रस्तुत पुस्तकले साहित्यिक इतिहासलाई लिपिबद्ध गर्ने क्रममा काभ्रेली नेपाली साहित्यको आदिमकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन, प्रकाशन र साहित्यसित जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख राखेको छ ।

       मुख्य विषय साहित्य हुँदाहुँदै पनि यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाको भौगोलिक, राजनीतिक एवम् सामाजिक–सांस्कृतिक अवस्था र इतिहासलाई समेत समेटिएकोले यो पुस्तक सबैका लागि उपयोगी र संग्रहणीय छ । विजय सापकोटाका यस अघि गाउँ खोज्दै जाँदा (कविता संग्रह), आमाको माया (बाल उपन्यास), अनावरण (कथा संग्रह) र उडान (तन्नेरी उपनयास) प्रकाशित भैसकेका छन् । काभ्रेली साहित्यको रुपरेखाको दोश्रो संकरण कलम प्रकाशनले प्रकाशित गरेको हो । काभ्रेली नेपाली साहित्यलाई नजिकबाट नियाल्न चाहानेहरुको निम्ति यो पुस्तक अत्यन्तै उपयोगी हुने बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्