बनेपा नगरपालिका वडा नं ६ श्री भक्तेश्वर आधाभूत विद्यालयमा कक्षा कोठा आपुग हुँदा विद्यार्थीहरुलाई अध्ययन गर्नै सकस भएको छ । २०३२ सालमा निर्माण भएको भवन २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले पुरै क्षति पु¥याएको थियो । करिव १ वर्ष जति त खुल्ला आकास मुनि नै विद्यार्थीहरु अध्ययन गर्न बाद्यय थिए । करिव १ रोपनी जग्गामा ४ वटा एकतले भवनमा १० कोठाको हुँदा पनि सानो सानो कोठा हुँदा विद्यार्थीहरुलाई अध्ययन गर्नै समस्या भएको विद्यालयको प्रधानाध्यापक सुखलक्ष्मी बादे श्रेष्ठले बताउनुभयो । साना बाल बालिका सानो कोठामा ४५ जना खचाखच गरी इ.सी.डी. कक्षा कोठामा अध्ययन गर्नु पर्ने अवस्था छ । उक्त विद्यालयमा २ सय २५ विद्यार्थीहरु अध्ययन गर्छन । ४६ वर्ष अघि निर्माण भएको भक्तेश्वर विद्यालय बनेपा शहरबाट १ किमी नजिकै अवस्थित छ । तर किन अझ सम्म पनि राम्रो भौतिक संरचना सहित निर्माण हुन सकेको छैन् त्यो चाहिँ आश्चर्य नै भएको एक स्थानीय अभिभावकले भन्नुभयो । भूकम्पले पूर्ण क्षति भए पछिको दुई वर्ष पछि बल्ल ब्लकबाट ट्रस्टको रुपमा ५ वटा १ तले भवन निर्माण भए पनि लाइब्रेरी सञ्चालन र प्रशासनिक कक्षा कोठा नहँुदा विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न नसकिएको शिक्षक दामोदर गौतमले बताउनुभयो । नेपाल सरकार पुनःनिर्माण प्राधिकरण अन्तरगत जिल्ला पूर्वाधार विकास कार्यान्वयन इकाई (शिक्षा) डि.एल.पि.आइ.यु ९म्ीएक्ष्ग्० ले १४ लाख ५० हजार लगानी गरी ट्रस्टमा ब्लकबाट १ तले भवन ३ वटा दुई वर्ष अघि निर्माण भएको हो । हाल सम्म बनेपा नगरपालिकाले भौतिक संरचना निर्माण कार्यमा कति पनि बजेट उपलब्ध गराएको छैन् । बनेपा नगरपालिकाले गत वर्ष मात्र विद्यार्थीहरुको शैक्षिक स्तरीयता कायम गर्न भनेर ६ लाख ५० हजार रकम लाइव्रेरी व्यवस्थापन गर्न दिएको थियो । शहरको मध्यभागमा अवस्थित रहेको विद्यालयमा विद्यार्थीहरु अध्ययन गर्नको लागि कक्षा कोठा अभाव हुनु जायज छैन्। सम्बन्धित पक्षको ध्यान केन्द्रीत कहिले होला त ? हाल उक्त विद्यालयमा ११ जना शिक्षकहरुले अध्यापन गराउनु हुन्छ । विज्ञान र इङ्गलिस अध्यापन गराउने शिक्षक नहुँदा पढाइमा असर गरेको छ । एक हप्ता अघिमात्र करारमा विज्ञान र इङ्गलिस विषयको शिक्षक राख्न विज्ञापन गरिएको छ । गाउँका शिक्षा प्रेमी लब्ध प्रतिष्ठीत र स्थानीय व्यक्तिहरुको सहयोगमा चन्दा संकलन गरेर २०२७ सालमा सानो कटेजबाट नै स्कुल सञ्चालन गरिएको थियो । गाउँका शिक्षा प्रेमी पृथ्वीध्वज के.सी. र मेघनाथ कोइरालाले महलकदमी गरेर निर्माण गरिएको कुरा व्यस्थिापन समितिका अध्यक्ष विष्णुनारायण श्रेष्ठले बताउनुभयो । २५ जना विद्यार्थीहरु सहभागी गराइ सञ्चालन गरेको उक्त विद्यालयमा हाल ८ कक्षा सम्म पढाइ हुन्छ । उक्त विद्यालयमा अधिकांस रुपमा निम्न वर्गीय अल्पसंख्यक पिछडिएका वर्गका छोरा छोरीले अध्ययन गर्ने गर्छन । विद्यालय स्थापनाको समयमा रु ५० मा जनार्दन न्यौपानेले अध्यापन गरेको बताउनुभयो ।
