नेपालमा कुनैपनि बजार बास्तबिक धरातामा (इथिक्स) छैनन् । झन् हाम्रो शेयर बजार जुवा भन्दा पनि तल्लो स्तरको भएको छ । हिजो अस्ति प्रचण्डले शेयर बजारबारेमा बोलेको भनेर घटिया अभिव्यक्ति आउने क्रम जारी छ । के प्रचण्डले बोलेर शेयर बजार घटेको हो र ? कालले मर्छ जिब्रालाई दोष । घर जग्गा ब्यबसाय पनि कुनै मापन अनुसार बढेको छैन । अनुत्पादक क्षेत्रमा लगानी गर्दा बिदेशबाट नेपालीले कमाएको पैसा पानीमा गएको छ । शेयर बजारको कुरा गर्दा एउटा दलालले ५ हजारको बोको किनेर ल्यायो ।
त्यो बोको भविष्यमा ५० केजिको हुन्छ भनेर ७ हजारमा बेच्यो । ७ हजारमा किन्ने अर्को दलालले त्यो बोकालाई कलर गरेर (रंग्याएर) यो बोको लामो कान गरेको हाईब्रिड बाख्राको क्रसबाट जन्मिएको बोका हो भनेर प्रचार गर्दै १० हजारमा बेच्यो । आखिरमा त्यो बोकाको वास्तविक मूल्य भने ५ हजार नै हो । हो यसरी नै शेयर कित्ताको पुजी बजारमा कारोबार गरिन्छ र दोष अमुकलाई दिईन्छ । आखिर यो कहिले सम्म ? बिदेशमा यस्तो कार्य कहिल्यै हुँदै हुदैन । हो–हल्लैहल्लाले चलेको पुँजी बजार आफै बोका नबनौ । कम्पनीको पुंजी र बजार हेरेर लगानी गरौ । राम्रो कम्पनीको बजार आज घटे पनि भोली अवश्य बढ्ने छ ।
