IMG-LOGO

एमसीसीको कार्यालय घेराउ

 मंगल, मंसिर २८, २०७८  ---

       काठमाडौँ स्थित दरबारमार्गमा रहेको एमसीसी, नेपालको कार्यालयमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहितका विभिन्न राजनीतिक दलहरुले सोमबार कार्यालय घेराउ गरेका छन्  । घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए । नेता गजुरेलले एमसीसीको विरोधमा आज  (मंगलबार) संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे ।

       कार्यक्रममा नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए । उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबी समेत उनले गरे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्