IMG-LOGO

नेपाल हृदय रोग निवारण प्रतिस्ठानको निःशुल्क स्वास्थ्य शिविर

 मंगल, मंसिर २१, २०७८  ---

नेपाल हृदय रोग निवारण प्रतिस्ठान काभ्रे शाखा र रोटरी क्लब अफ धुलिखेलको संयुक्त आयोजनामा रामेछाप, मन्थली स्थित तामाकोसी अस्पतालमा निःशुल्क बाथ मुटुरोग परिक्षण उपचार र परामर्श शिविर सम्पन्न भएको छ । सो शिविरमा धुलिखेल अस्पतालका बाल मुटु रोग विषेशज्ञ डा. अनिश जोशीले इकोको जाँच गर्नुभएको थियो । नेपाल हृदय रोग प्रतिस्ठान काभ्रे शाखामा कार्यरत सविना श्रेष्ठले ईसिजि को जाचँ गर्नु भएको थियो । उक्त शिविरमा ५३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो जस मध्य ५३ जनाको इको तथा ४ जनाको ईसिजिको जाँच गरीएको थियो भने ४ जनालाई थप उपचारको लागि धुलिखेल अस्पतालमा लगीे उपचारको व्यवस्थापन गरीने छ । उक्त शिविरको आर्थिक तथा प्राविधिक सहयोग रोटरी क्लब अफ वेउकासा–अमेरीका, रोटरी क्लब अफ धुलिखेल तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान द्धारा गरिएको थियो । उक्त शिविरको कार्यान्वयन तामाकोसी अस्पताल तथा आर सि सि पिपलचौर द्धारा गरिएको थियो भने यस शिविरको संयोजक अशोक कुमार श्रेष्ठ तथा पल्लवि प्रधानले गर्नु भएको थियो । मुटुको स्वास्थ्यको लागि निरन्तर स्वास्थ्य परियोजनाहरु स्थिानीय समुदाय संग मिलेर निरन्तर कार्यन्वन गर्दौ जाने प्रतिबद्धता नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सभापति अशोक कुमार श्रेष्ठले गर्नु भएको थियो

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्