IMG-LOGO

पनौती स्वास्थ्य सेवीलाई विदाइ

 मंगल, मंसिर २१, २०७८  ---

 

       लामो समयदेखि निरन्तर स्वास्थ्य सेवामा कार्यरत महिला स्वास्थ्य स्वयं सेविकालाई पनौती नगरपालिकाले सम्मानपुर्वक बिदाई गरेको छ । १८औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा  आइतबार नगरपालिकाले १८ जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान सहित बिदाई गरेको हो । नगरपालिकाले ६० वर्ष उमेर पार गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित विदाई गरेको छ । नगरपालिकाको तर्फबाट ३० हजार, नेपाल सरकारको तर्फबाट २० हजार र कोषको तर्फबाट ११ सय गरी जम्मा ५१ हजार १ सय नगद सहित सम्मान पत्र, दोसल्ला र मायाको चिनोहरु प्रदान गरिएको पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले  जानकारी दिनुभयो । आइतबार नै नयाँ १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यकालका लागि स्वागत पनि गरिएको छ । आफ्नो कर्तब्य पालानको क्रममा निधन भएकी पनौती–७ निवासी स्वास्थ्य स्वयं सेविका शुभद्रा जंगमको योगदानको कदर गर्दै उहाँको  परिवारलाई राहत स्वरूप नगद ३० हजार प्रदान गरिएको छ । कार्यक्रममा नगरप्रमुख भिम न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेडाई, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना लगायतले बिदाई हुनुभएका स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै  आफुले जानेको सिप र ज्ञान आफ्नो समाजमा लागु गरिरहन आग्रह  गर्दै नयाँ स्वास्थ्य स्वयंसेविकालाइ आगामी कार्यकालको लागि शुभकामना ब्यक्त गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्