बनेपा, पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि बनेपाले ११ औँ कार्यकुशलता तथा सिकाइ व्यवास्थापन कार्यशाला कार्यक्रम शनिबार सम्पन्न भयो । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुन बागमती प्रदेश फिल्ड कार्यालय प्रमुख राम सापकोटाको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा काभ्रे जिल्लाका ९ वटा संस्थाको ४३ जना प्रतिनिधिको सहभागीता रहेको थियो । संस्थाका प्रवन्धक नवराज सापकोटाले उक्त कार्यकुशलता तथा सिकाई कार्यले संस्थाको दिगो व्यवस्थापन र स्थायित्वमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको सहजकर्ता नेफ्स्कुन अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो ।
